साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिउँदा ईश्वर बाबु र आमा

जसले घरमै पाठ पढाए गोरस पानस प्यास भराए पुरुष प्रकृति वीजबिनाका जिउँदा ईश्वर बाबु र आमा।।

Nepal Telecom ad

पदम दाहाल :

पिर्दछ जसले बाबु र आमा
पार्छ त्यसले भौडी डुबान
आदर देऊ पोषण खाना
जिउँदा ईश्वर बाबु र आमा ।।१।

सन्तति हौ बुझ वृद्ध पगाल
बन्धन फालून् इज्जतदार
प्राण हुँदैमा पुग्नु छ ध्यान
जिउँदा ईश्वर बाबु र आमा।।२।

कर्तव्य बुझी नभर निराशा
समाज हो यो नगर तमासा
नबिर्स कोही परिजन धामा
जिउँदा ईश्वर बाबु र आमा।।३।

पछुतो पछि त्यो रहनै हुन्न
चालामाला कहँदासम्म
राफसाफ गर दुख्छ कि धाम
जिउँदा ईश्वर बाबु र आमा।।४।

जसले घरमै पाठ पढाए
गोरस पानस प्यास भराए
पुरुष प्रकृति वीजबिनाका
जिउँदा ईश्वर बाबु र आमा।।५।

०००
मादी, सङ्खुवासभा
हाल: लोकन्थली,भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x