साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो बचाऔँ अस्मिता

दुर्दान्त द्रोही साँधमा पीडा प्रपञ्ची छन् भने निश्चिन्त वैरी ठान ती निर्लज्ज गोही झम्टिने । सीमा सिमाना हुन् चिना हाम्रै हियारोभित्रका भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।

Nepal Telecom ad

पदम दाहाल :

नेपाल धर्ती दर्बिलो सौभाग्यदायी ओजन
संसारकै हो ताज यो प्राचीर प्राची भूषण
संस्कार श्रद्धा बिर्सिए ओडार पर्ला मित्रता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।१।

अत्यन्त स्वार्थीबाजले जोडिन्न मैत्री भावना
उन्मत्त कैँची मार्छ जो ऊ खप्छ बागी वेदना ।
उद्दण्ड पाजी कर्मले जन्माउँछन् बीभत्सता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।२।

यो ज्यान बाजी थाप्तछौँ बक्छौँ निसानी छन् अझै
लेखोट पुर्जी पञ्जिका औजार ज्यानी छन् खुबै ।
विस्तारवादी लुक्छ ऊ हामी सहन्नौँ तिक्तता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता।।३।

दुर्दान्त द्रोही साँधमा पीडा प्रपञ्ची छन् भने
निश्चिन्त वैरी ठान ती निर्लज्ज गोही झम्टिने ।
सीमा सिमाना हुन् चिना हाम्रै हियारोभित्रका
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।४।

खाँबा, गजा, डाँडा, नदी हुन्छन् कहाँ झुट्टा र ती ?
काली र मेचीभित्रका छैनन् बगानै बेकुफी
अस्तित्व खोजीमा जुटौँ चाँडै सजाऔँ किस्मत
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।५।

०००
मादी, सङ्खुवासभा
हाल: लोकन्थली,भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x