साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोती हाम्रा …

भित्र्याए छौ गजल गहना आज बेग्लै विधा छ बिर्सौँ भन्दा पनि नसकिने वासना खासमा छ औधी प्यारा महल महिमा हौ कि यात्रा उघार्ने ? मोती हाम्रा गजल कविता भाव शृङ्गार भर्ने।।

Nepal Telecom ad

पदम दाहाल :

मोती जन्म्यौ तिथिमिति भदौ मास तृष्णा जगायौ
तन्नेरीका मगज मनमा प्रेम उन्माद ल्यायौ
सच्चा स्रष्टा नग पवन झैँ स्पर्श रौँरौँ उचाल्ने
मोती हाम्रा गजल कविता भाव शृङ्गार भर्ने ।।१।

नौका हौ या शिखर प्रतिभा ज्योति दाता प्रकाश
मोती गाँस्छौ अतिशय बुटा व्यङ्ग्य बान्की कबाफ
दिन्थ्यौ शिक्षा गजल कसिला नित्य मायालु गाल्ने
मोती हाम्रा गजल कविता भाव शृङ्गार भर्ने ।।२।

क्वाँटी भाषा तर नबुझिने क्लिष्ट भाका हटायौ
नेपालीमा सरल कविता काव्यधारा बगायौ
अड्को थापी हल गर भनी सिर्जना ती पगार्ने
मोती हाम्रा गजल कविता भाव शृङ्गार भर्ने ।।३।

मोती ज्ञानी गजब गुणका भानुलाई चिनायौ
मोती अर्को कुशल सिप हो गद्यशैली जमायौ
छापाखाना नव युग दियौ शब्द सञ्चार गर्ने
मोती हाम्रा गजल कविता भाव शृङ्गार भर्ने ।।४।

भित्र्याए छौ गजल गहना आज बेग्लै विधा छ
बिर्सौँ भन्दा पनि नसकिने वासना खासमा छ
औधी प्यारा महल महिमा हौ कि यात्रा उघार्ने ?
मोती हाम्रा गजल कविता भाव शृङ्गार भर्ने।।५।

०००
मादी, सङ्खुवासभा । हाल: लोकन्थली, भक्तपुर।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x