साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातृ वन्दना

धरा धराप हुन्छ यो मुमा नभैदिएपछि सधाउँछिन् र नै उनी सुपात्र बन्छ सारथि । गृहस्थ खुल्छ शिल्पले रहन्न व्यग्र उल्झन समस्त मातृ शक्तिमा हजार लाख वन्दना !

Nepal Telecom ad

पदम दाहाल :

अरू छ को र मातृका समान यो धराभरि
पवित्र धाम रे मुमा अजस्र हौ सुनाखरी ।
बढाउने पढाउने प्रयास हौ सुशासन
समस्त मातृ शक्तिमा हजार लाख वन्दना ।१।

विशेष भन्न भ्याइनन् बिराम भन्न पाइनन्‌
थकान भुल्न चाहिनन् उदास सुम्सुम्याइनन् ।
नितान्त फूल केँवरा अपूर्व लाग्छ जन्मना
समस्त मातृ शक्तिमा हजार लाख वन्दना ।२।

मिलाप मेलमा गुनी उदार मोह हौ तिमी
अनेक कष्ट झेल्नमा सुयोग्य पात्र हौ तिमी ।
जियाउने तरान हौ निसाफ न्याय गर्नमा
समस्त मातृ शक्तिमा हजार लाख वन्दना ! ।३।

हियारभित्र वास होस् सियाँल वृक्ष बोट हौ
अनन्त पुष्पवाटिका बनेर मुस्कुराउँछ्यौ ।
सदैव भक्ति भावना बगोस् छ दिव्य कामना
समस्त मातृ शक्तिमा हजार लाख वन्दना ! ।४।

धरा धराप हुन्छ यो मुमा नभैदिएपछि
सधाउँछिन् र नै उनी सुपात्र बन्छ सारथि ।
गृहस्थ खुल्छ शिल्पले रहन्न व्यग्र उल्झन
समस्त मातृ शक्तिमा हजार लाख वन्दना ! ।५।

०००
मादी न.पा. ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x