साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयो वर्ष नयाँ

दुःखी हाँस्न सकून् समस्त जन ती खोलेर नयन निस्तो मेट्न सकून् प्रशस्त श्रमले चालेर कदम । खाका सुन्दर हुन् बदल्न नसके होला कि अधुरो ? आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो ।

Nepal Telecom ad

पदम दाहाल :

धेरै नै सुख शान्ति हर्ष हरिए भोग्यौँ कि कहर
बेरेझैँ लहरा लता खुब मिली ढाले कि फँडिर ?
खै त्यस्तो किन भो अशान्ति त्यसरी क्रोधाग्नि खनियो
आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो । ।१।

भाग्यै पो कमजोर हो कि जनता रक्ताम्य बनियो
कस्तो त्यो असबाफ भाद्र महिना लाग्दैन गुनिलो ।
सास्ती साल भएछ खेदिनु थियो खोटो अगतिलो
आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो । ।२।

आगामी दिन रौद्र खेप्नु नपरोस् उत्पात तपनी
गाना गीत सहर्ष गाउन मिलोस् सौगात रहनी !
निस्ताए किन द्वारपाल दल ती लाग्यो कि धमिरो ?
आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो । ।३।

वृद्धावृद्ध रमून् वसन्त ऋतुले पार्नै छ रसिलो
उल्कापात नहोस् प्रभात नगरी खोज्नै छ खँदिलो ।
जोडोस् जीर्ण असक्तमाथि करुणा पारेर कसिलो
आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो । ।४।

दुःखी हाँस्न सकून् समस्त जन ती खोलेर नयन
निस्तो मेट्न सकून् प्रशस्त श्रमले चालेर कदम ।
खाका सुन्दर हुन् बदल्न नसके होला कि अधुरो ?
आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो । ।५।

०००
मादी न.पा. ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर ।
९८४२०९९८३१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x