साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धमा खुसी फुलोस्‌

काख कोख रम्यता दुसाध छैन दृश्य छन् आसपास नौगुना मिठास हर्हराउँछन् । द्रोह दर्द फाल्छ झन् प्रभात मिर्मिराउँदा वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।

Nepal Telecom ad

पदम दाहाल :

पालुवा बुटा–बुटी नदी–किनार रम्दछन्‌
उत्सवै छ लेकमा गुराँस रास झुम्दछन् ।
कोइली लुकी कतै गरेर प्रश्न पर्खिंदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा । ।१।

मस्तराम चाल छन् प्रबन्ध गर्छ को अरे ?
रङ्ग राग फैलिंदा हऊन् प्रफुल्ल यादले ।
उब्जिऊन् उभार झन् वसन्तराज आउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा । ।२।

याम क्या खुसाउने बिसाउँदै सुवासना
कर्म खोज वृन्द हो ! उचालिनेछ सिर्जना ।
पर्व प्रेय गर्वको वसन्तले चियाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा । ।३।

नव्यता छ खेल झैँ परिक्रमा निवासमा
भव्यता उघार्छ जो बहन्छ भाव साथमा ।
मोहिनी कि रागिनी महाप्रमोद पाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा । ।४।

काख कोख रम्यता दुसाध छैन दृश्य छन्
आसपास नौगुना मिठास हर्हराउँछन् ।
द्रोह दर्द फाल्छ झन् प्रभात मिर्मिराउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा । ।५।

०००
मादी न.पा. ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x