साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

ओखरबोटेः देशको हालत झनपछि झन किन खस्केको होला ? वरबोटेः जोगीहरुको व्यापार र उनीहरुको ठगी खाने अखडा अर्थात् आश्रमहरुको संख्या बढेकोले।

Nepal Telecom ad

अमर अधिकारी :

(एकछाकीका दिन)
बाउः सुन्यौ छोरी? हामी त आज चोखो खाने हो, भोलि आमाको सराद्धे छ।

छोरीः मलाई चाहिँ चोकोफन किनिदिनुस् पाँच वटा, त्यही खान्छु।

(देशभक्तद्वय बीचको कुराकानी)
ओखरबोटेः देशको हालत झनपछि झन किन खस्केको होला ?

वरबोटेः जोगीहरुको व्यापार र उनीहरुको ठगी खाने अखडा अर्थात् आश्रमहरुको संख्या बढेकोले।

(दुई कवयित्रीहरु बीचको कुराकानी)
गौँथलीः आसुकवि भनेको के हो थाहा छ ?

भँगेरीः कविता रच्दा आँसु नै झर्ने गरी विरहका शब्दहरु प्रयोग गर्ने कविलाई आँसुकवि भनिन्छ।

(बुहारीहरुको प्रसंशा भैरहँदा)
ललितः हाम्री बुहारी त धेरै लच्छिनकी ! कतैबाट आएको कोसेली एक वर्षसम्म सुरक्षित राखिरहन्छिन् ?

भक्तः हाम्री बुहारी त झन लच्छिनकी ! चार वर्षसम्म राखेर कुहाएर फाल्छिन्।

(धेरै वर्षपछि साथी भेट्न आएपछि)
आगन्तुकः यो टोलमा धमलाको घर कुन होला ?

पसलेः खोई यहाँ धमला थरका कोही मान्छे बसेको जस्तो लाग्दैन, चुनावका घाइते धमला भन्नुभाको हो?

आगन्तुकः उहाँको खास नाम धर्म मणि लामिछाने हो, हतार भएर मैले छोटकरीमा धमला भनेको।

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x