अमर अधिकारीपाँच खित्कौली
ओखरबोटेः देशको हालत झनपछि झन किन खस्केको होला ? वरबोटेः जोगीहरुको व्यापार र उनीहरुको ठगी खाने अखडा अर्थात् आश्रमहरुको संख्या बढेकोले।

अमर अधिकारी :
(एकछाकीका दिन)
बाउः सुन्यौ छोरी? हामी त आज चोखो खाने हो, भोलि आमाको सराद्धे छ।
छोरीः मलाई चाहिँ चोकोफन किनिदिनुस् पाँच वटा, त्यही खान्छु।
१
(देशभक्तद्वय बीचको कुराकानी)
ओखरबोटेः देशको हालत झनपछि झन किन खस्केको होला ?
वरबोटेः जोगीहरुको व्यापार र उनीहरुको ठगी खाने अखडा अर्थात् आश्रमहरुको संख्या बढेकोले।
२
(दुई कवयित्रीहरु बीचको कुराकानी)
गौँथलीः आसुकवि भनेको के हो थाहा छ ?
भँगेरीः कविता रच्दा आँसु नै झर्ने गरी विरहका शब्दहरु प्रयोग गर्ने कविलाई आँसुकवि भनिन्छ।
३
(बुहारीहरुको प्रसंशा भैरहँदा)
ललितः हाम्री बुहारी त धेरै लच्छिनकी ! कतैबाट आएको कोसेली एक वर्षसम्म सुरक्षित राखिरहन्छिन् ?
भक्तः हाम्री बुहारी त झन लच्छिनकी ! चार वर्षसम्म राखेर कुहाएर फाल्छिन्।
४
(धेरै वर्षपछि साथी भेट्न आएपछि)
आगन्तुकः यो टोलमा धमलाको घर कुन होला ?
पसलेः खोई यहाँ धमला थरका कोही मान्छे बसेको जस्तो लाग्दैन, चुनावका घाइते धमला भन्नुभाको हो?
आगन्तुकः उहाँको खास नाम धर्म मणि लामिछाने हो, हतार भएर मैले छोटकरीमा धमला भनेको।
५
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest



































