साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले

कर्म गर्न जुट्‌छ जो अनन्त शक्ति जोर्दछ । प्रेमसाथ कर्मले अनन्त प्राप्ति गोड्‌दछ ।। बन्छ पूज्य व्यक्ति त्यो अनन्त कर्मदानले । शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

घट्छ आयु जान यो चुरोट दुष्ट दुस्मन ।
लिन्छ जो धुवाँ सधैँ गलाउने छ यो तन ।
वृद्धिबाट बन्छ जो मनुष्य वृद्ध सानले ।
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।।०१।।

यत्रतत्र फ्याँक्दछन् धुवाँ प्रशस्त छन् खल ।
फ्याँक्नुपर्छ दूरमा सबै विचारका मल ।।
रोग पस्छ देहमा अशुद्ध खानपान‌ले ।
शाक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।।०२।।

गर्नु हुन्न कष्टका सुकाम हुन् बुझौँ बल ।
बुद्धिसाथ कर्म को गरौँ उठेर होस् हल ।।
कर्ममार्ग योग्य होस् चुलिन्छ हर्ष मानले ।
शक्ति घट्‌छ व्यक्तिको धुवाँ र मद्यपानले ।।०३।।

धुम्रपान शत्रु हो नराख छेउमा कहीँ ।
यो नसा खराब हो बुझे खुसी जहीँतहीँ ।।
चल्छ देह चेत यो सुयोग्य खानपानले ।
शक्ति घट्‌छ व्यक्तिको धुवाँ र मद्यपानले ।।०४।।

कर्म गर्न जुट्‌छ जो अनन्त शक्ति जोर्दछ ।
प्रेमसाथ कर्मले अनन्त प्राप्ति गोड्‌दछ ।।
बन्छ पूज्य व्यक्ति त्यो अनन्त कर्मदानले ।
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।।०५।।

०००
सुम्बेक, इलाम-२ इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x