साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी खित्कौली

छोराः आउने-जाने गाडी भाडा यहिँकै एकजना उम्मेदवारले व्यहोर्ने रे आमा ! भोट केमा हाल्छु, टुंगो चाहिँ छैन।

Nepal Telecom ad

अमर अधिकारी :

(कौसीमा आमा-छोरा घाम ताप्दै)
आमाः हेर् त छोरा ! त्यो केटाले झण्डा हल्लाउँदै मलाई “कीरा पर्‍या ! भोट हाम्लाई दिनुहोला” भनेर गयो।

छोराः हत्तेरी आमा पनि ! काँ कीरा पर्‍या भन्या हो र? कृपया भनेको हो क्या !!

वीरबलः माथ्लाघरे रिठ्ठे पनि लड्दै छ रे नि !

बलवीरः के बाट लड्दैछ? रुखबाट कि भीरबाट ?

वीरबलः चुनाव लड्दैछ नि! स्कूल पढ्दा सधैँ गुच्चा खेलिरहने, परीक्षामा जहिले पनि फेल भैरहने रिठ्ठेको पनि दिन आउँदोरहेछ बाबै !

महेशः अनि अस्तिसम्म त भोट दिन्न, बहिष्कार गर्छु भन्थ्यौ त !

रेशमः हिजो मोराहरुले टन्न रक्सी र मासु खुवाइहाले, भोट नदिए त धोका दिएको ठहरिन्छ नि।

शिक्षकः लौ भन त राजु, चुनाउको पूरा रुप के हो ?

राजुः चुतिया-नालायक-उरन्ठेउलो हो सर !

पल्लारेः भोट हाल्नकै लागि त्यत्रो खर्च गरेर बेलायतबाट किन आको होला तिम्रो छोरो ?

वल्लारेः एउटा भोट भए पनि बढ्छ, आतेजाते खर्च म व्यहोर्छु भने उम्मेदवारले, अनि आयो। केही दिन बाउआमासँग बस्न पनि त पायो।

पल्लारेः भने पनि ट्यांकीमुनि राखेको पैसा रहेछ उम्मेदवारको।

आमाः ए छोरा दसैँ आएकै छैन, किन हो कुटाइममा गाउँमा आको?

छोराः आउने-जाने गाडी भाडा यहिँकै एकजना उम्मेदवारले व्यहोर्ने रे आमा ! भोट केमा हाल्छु, टुंगो चाहिँ छैन।

ग्राहकः हैन यो रेस्टुरेन्टमा आजकल निकै भिडभाड छ नि, किन हो ?

साहुः चुनाव लागेको थाहा छैन तपाईँलाई !

ग्राहकः ए हो त नि ! यो बेला त सिनोको मोमो बनाए पनि बिक्छ बाई !

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x