ईश्वर पाेखरेलतालु
; त्यस्तो स्थिति संयोगले यहींको आकाशमा आई पुगेपछि आइपर्यो भने पाइलटले पक्कै खाली ठाउँको ख्याल गर्दो हो !! ...

ईश्वर पोखरेल :
हनुमन्ते करिडोरमा मर्निङवाकमा आफूभन्दा अगाडिको व्यक्तिले क्याप खोलेपछि र उसको तालु देखिपछि :
“सर, हामी बिहानैबिहानै मर्निङवाकका क्रममा जहाँ ओहोरदोहोर गर्छौं; यो प्लेन ओहोरदोहोर गर्ने रुट हो । यहाँबाट उड्ने र यहाँ भित्रिने स्वदेशी/विदेशी प्लेनहरू यही माथिको आकाशबाट आउने जाने गर्दछन् । सरकै जस्तो मेरो पनि टाउकामा कपाल छैन तर ‘त्यहीँ पर्तिर एयरपोर्ट छ’ भनेर म आफैलाई सान्त्वना दिँदै हिड्दैआएको छु । तर फेरि प्लेनको आकस्मिक अवतरण गर्नु परेका समाचारहरू सुन्छु; त्यस्तो स्थिति संयोगले यहींको आकाशमा आई पुगेपछि आइपर्यो भने पाइलटले पक्कै खाली ठाउँको ख्याल गर्दो हो !! …
सरले क्याप खोलेपछि र सरको तालु देखेपछि मेरो डर आधा घट्यो । धन्यवाद, सर !”
०००
Subscribe
Login
0 Comments
Oldest

































