हरिप्रसाद घिमिरेनेपालभित्र
माथा सगरकामाथा गाथा बोकी सुनाउँदै सल्लाका रुखले गाए झ्याउरे गुन्गुनाउँदै गोरखा गाइको रक्षा पुर्खाले गर्दथे हिजो धर्मछाडा भए आज गाइकै रक्तले भिज्यो।।

हरिप्रसाद घिमिरे :
मुसुक्क हाँदछन् हाम्रा ती धौलागिरिका गिरि
ती मुक्तिनाथका मुक्ति हावा दिन्छन् सधैँ फिरि
कैलाली फूलमा लाली चढाउँछिन् प्रभातमा
मेलमिलापको खाँचो नेपाली अभिजातमा।।
बल्दैनन् किन हो आगो दार्चुलाका चुलातिर
पाकेनन् डोटीमा रोटी पाक्छन् सवत्र आखिर
कालीकोट सधैँ कोट च्यातियो भन्दछन् किन
टरेन भन्दछन् हुम्ला अजस्र दु:खका दिन।।
फल्दैनन् मुगुमा मुगी जाजरकोटमा फले
लेख दैलेखमा छैन मूर्ति नेपालका ढले
ऋणको बोक्दछन् भारी ती धनगढीका गढी
सुस्तामा सुस्तरी चेपे सिमाना बढीकाबढी।।
रोल्पाली घुम्दछन् रोल्पा डोल्पाली टहरामुनी
कुम रुकुमको गल्दा बोक्दछन् कसले कुनी
पोखरा नखरा पार्छे माछापुछ्रे र तालले
स्याङ्जाली जालमा दिन्छन् सुन्तला ती हिमालले।।
माथा सगरकामाथा गाथा बोकी सुनाउँदै
सल्लाका रुखले गाए झ्याउरे गुन्गुनाउँदै
गोरखा गाइको रक्षा पुर्खाले गर्दथे हिजो
धर्मछाडा भए आज गाइकै रक्तले भिज्यो।।
०००
नागार्जुन ३ काठमाडौ
Subscribe
Login
0 Comments
Oldest






































