साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेथिति

कलाकार भएपछि दुइटा घरबार हुन्छ्न् खरदारको राजधानीमा धेरै दरबार हुन्छन् मासु बेच्ने कसाइले पाठी बेच्छन् टाठा उद्योग बेची खाने नेता कति धेरै बाठा ।।

Nepal Telecom ad

हरिप्रसाद घिमिरे :

सिकर्मीको घर हेर छानु चुहिएको
डकर्मीको गाह्रो लड्यो शिर नुहिएको
किसानको घर भित्र अन्न छैन खान
बाँझै हुन्छन् खेतबारी कस्तो अभिमान।।

घर बनाउँछन् इन्जिनियर भूकम्पमा ढल्छ
डाक्टरको उपचारले बिरामी नै मर्छ
ज्योतिषीका छोरीहरू विधवा छन् किन
पुराेहित रक्सी तान्छन् भट्टि जान्छन् लिन।।

कविहरू कविता न्नै चोर्न थालिसके
बेरोजगारी हुने घर फोर्न थालिसके
व्यापारीले कसम खाँदै जनतालाई ठगे
चकित पर्न पर्दोरैछ उल्टो नदी बगे।।

शिक्षकले कमाउन ट्युसन् पढाएका
परीक्षामा नम्बर थपी किन चढाएका
अनुगमन गर्ने बसी टि ए डि ए खाने
देशमा बिक्न नसक्नेले भन्छ विदेश जाने ।।

उद्योगपति बेच्न थाले उद्योगको थलो
ठेकेदारले गर्न छोडे किन देशको भलो
राष्ट्रघाती सन्धि गरी नेता कमाउँछन्
कर्मचारी घुस खान पाए रमाउँछन्।।

पुलिसले गुण्डासित मिल्छन् बाँडी खान
ड्राइभरले किन राख्थ्यो खलासीको मान
हेलिकप्टर जलाउँछन् पहाडमा ठोसी
नेताजीले काली गण्डक् किन बेचे कोशी।।

कलाकार भएपछि दुइटा घरबार हुन्छ्न्
खरदारको राजधानीमा धेरै दरबार हुन्छन्
मासु बेच्ने कसाइले पाठी बेच्छन् टाठा
उद्योग बेची खाने नेता कति धेरै बाठा ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
ध्वंस

ध्वंस

हरिप्रसाद घिमिरे
बेताल

बेताल

हरिप्रसाद घिमिरे
सुक्ति सङ्ग्राम

सुक्ति सङ्ग्राम

हरिप्रसाद घिमिरे
विधवा

विधवा

हरिप्रसाद घिमिरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x