हरिप्रसाद घिमिरेविधवा
समाज बदल चेतना झिक फैलाउनु सन्सारभरि विधवा ? तिमी विधवा नबन अब युग बदलियो तिमी पनि बदलियाै है ? बदलिए युगसँगै बदलिए बिधवा बदलिए !

हरिप्रसाद घिमिरे :
आफ्नो श्रीमान सदा सदाका लागि छोडेर
परमधाम गए
नारी एक्ली भइन्
हरे!
बालबच्चा कसरी हुर्काउलिन् ?
अब
अब कसरी बिताउलिन्
जीवन ?
उनले निधारको टीका
सिउँदोको सिँदुर
शिरको शिरोभूषण
हातका चुरा
फुटालिन्
नाक कानका गहना
फुकालिन्
रातो सारी पछ्यौरा अब लाउनु छैन
सेतो उग्र बस्त्र पहिरिइन्
कठै!
विधवाको अधिकार ?
शास्त्र पुराण घुरान भए
गयो मानवीय चोला
यस्तो अन्धविस्वास मान्ने हामी ?
विधवा साइतमा भेटे साइत हुन्न रे !
कसैको तृप्तिको साधन त हुन्छ रे
रातो टीका लगाए भने,
मान्दैन
यो समाज
मान्दैन
विधवाले दु:ख पाएको हेर्न चाहन्छ
कस्तो परम्परा ?
कस्तो संस्कार ?
ए एक्काइसौँ सताब्दीका सभ्यहरू हो !
विधवाको अधिकार यै हो ?
खोइ विधवाको अधिकार ?
छोरीभन्ने गर्भमै थाहा भए मारिदिन्छौ
जन्मिन पाए भने पनि
विभेद सहेर बाँच्छन्
परिवारबाट पनि तिरस्कृत हुनुपर्ने
विवाह गरे दाइजो दिनुपर्ने
दाइजो नपाए
नारी मर्नुपर्ने
घरधन्दा नारीको पेवा
पत्नी मरे पुरुषलाई जुठो नलाग्ने
भोलिपल्टै विहे गर्छ पुरुष
पुरुष मरे वर्षदिन जुठोबार्न बाध्य छन्
पति मरे विधवालाई वर्षभरी नै जुठो लाग्छ
हेर! अत्यचार?
के यो कुरा असत्य हो र ?
ए विधवा नारीहरू हो ?
उठ !
एक होउ
सबैले देशव्यापी सिन्दुर लगाउने घोषणा गर
सिँदुर नबिर्स
टीका नफाल
बाल विधवा भएर नबस
फेरि
विहे गर
नयाँ जीवनको सुरुवात गर
पाल उटाठिला कपडा
सौभाग्य हामी प्राप्त गर्छौँ
समाज
बदल
चेतना झिक
फैलाउनु सन्सारभरि
विधवा ? तिमी विधवा नबन
अब युग बदलियो
तिमी पनि बदलियाै है ?
बदलिए युगसँगै
बदलिए बिधवा
बदलिए !
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































