साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विधवा

समाज बदल चेतना झिक फैलाउनु सन्सारभरि विधवा ? तिमी विधवा नबन अब युग बदलियो तिमी पनि बदलियाै है ? बदलिए युगसँगै बदलिए बिधवा बदलिए !

Nepal Telecom ad

हरिप्रसाद घिमिरे :

आफ्नो श्रीमान सदा सदाका लागि छोडेर
परमधाम गए
नारी एक्ली भइन्
हरे!
बालबच्चा कसरी हुर्काउलिन् ?
अब
अब कसरी बिताउलिन्
जीवन ?

उनले निधारको टीका
सिउँदोको सिँदुर
शिरको शिरोभूषण
हातका चुरा
फुटालिन्
नाक कानका गहना
फुकालिन्

रातो सारी पछ्यौरा अब लाउनु छैन
सेतो उग्र बस्त्र पहिरिइन्
कठै!
विधवाको अधिकार ?
शास्त्र पुराण घुरान भए
गयो मानवीय चोला
यस्तो अन्धविस्वास मान्ने हामी ?

विधवा साइतमा भेटे साइत हुन्न रे !
कसैको तृप्तिको साधन त हुन्छ रे
रातो टीका लगाए भने,
मान्दैन
यो समाज
मान्दैन

विधवाले दु:ख पाएको हेर्न चाहन्छ
कस्तो परम्परा ?
कस्तो संस्कार ?
ए एक्काइसौँ सताब्दीका सभ्यहरू हो !
विधवाको अधिकार यै हो ?
खोइ विधवाको अधिकार ?
छोरीभन्ने गर्भमै थाहा भए मारिदिन्छौ
जन्मिन पाए भने पनि
विभेद सहेर बाँच्छन्
परिवारबाट पनि तिरस्कृत हुनुपर्ने

विवाह गरे दाइजो दिनुपर्ने
दाइजो नपाए
नारी मर्नुपर्ने
घरधन्दा नारीको पेवा
पत्नी मरे पुरुषलाई जुठो नलाग्ने
भोलिपल्टै विहे गर्छ पुरुष
पुरुष मरे वर्षदिन जुठोबार्न बाध्य छन्
पति मरे विधवालाई वर्षभरी नै जुठो लाग्छ
हेर! अत्यचार?
के यो कुरा असत्य हो र ?

ए विधवा नारीहरू हो ?
उठ !
एक होउ
सबैले देशव्यापी सिन्दुर लगाउने घोषणा गर
सिँदुर नबिर्स
टीका नफाल
बाल विधवा भएर नबस
फेरि
विहे गर
नयाँ जीवनको सुरुवात गर
पाल उटाठिला कपडा
सौभाग्य हामी प्राप्त गर्छौँ
समाज
बदल
चेतना झिक
फैलाउनु सन्सारभरि
विधवा ? तिमी विधवा नबन
अब युग बदलियो
तिमी पनि बदलियाै है ?
बदलिए युगसँगै
बदलिए बिधवा
बदलिए !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ध्वंस

ध्वंस

हरिप्रसाद घिमिरे
बेताल

बेताल

हरिप्रसाद घिमिरे
सुक्ति सङ्ग्राम

सुक्ति सङ्ग्राम

हरिप्रसाद घिमिरे
बेथिति

बेथिति

हरिप्रसाद घिमिरे
वीर नेपाली

वीर नेपाली

हरिप्रसाद घिमिरे
राज्यको दाइँ

राज्यको दाइँ

हरिप्रसाद घिमिरे
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x