साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरौँ है बिदाइ !

यहाँ राष्ट्रप्रेमी सबै जाग जाग ! हुँदै हुन्न राम्रो तिमी लौ नभाग ! बनी एक ढिक्का सबै दुष्टलाई ! पछारौँ लघारौँ गरौँ है बिदाइ !

Nepal Telecom ad

होमनाथ घिमिरे :

म जल्दै गरेको यहाँ देश हेरूँ !
कि; ढल्दै गरेको जहाँ रूप फेरूँ !
धुँवाभित्र ज्वाला बलेको छ भित्र !
छ; षड्यन्त्र जालो तमासा विचित्र !

र; विश्वास कस्को गरूँ शत्रु- मित्र !
सबै लाग्छ बित्था अझै नाट्यचित्र !
छ शङ्का असाध्यै यहाँ देशभित्र ।
कठै खुम्चिएला धरा मानचित्र !

धुवाँभित्र मुस्लो अझै जाग्न सक्छ !
भरोसा कसैमा स्वयम् भाग्न सक्छ !
छिमेकी बसेका उता दाउ हेर्दै !
हुँदा स्वार्थ सत्ता यता नाम फेर्दै !

अहो आज नेता भएका भिखारी
सधैँ खोज्छ सत्ता यहाँ राष्ट्र मारी ।
हिजोसम्म सम्बन्ध भन्थे घनिष्ठ ।
भए शत्रु वैरी कुनै रे विशिष्ट !

तिमी ठाम हेर्दै सधैँ जुट्न आऊ ।
तिमी नाम फेर्दै अझै लुट्न आऊ ।
कहाँ लाज मान्छौ कहाँ लाग्छ घीन ।
रहोस् राष्ट्र चाहे कतै होस् विलीन ।

यहाँ राष्ट्रप्रेमी सबै जाग जाग !
हुँदै हुन्न राम्रो तिमी लौ नभाग !
बनी एक ढिक्का सबै दुष्टलाई !
पछारौँ लघारौँ गरौँ है बिदाइ !

०००
भरतपुर, चितवन !
१६ कार्तिक, २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
सिपाही

सिपाही

हाेमनाथ घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x