साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश ?

हेर्दा हेर्दै दलबल यहाँ बन्न थाले निरीह! बाझ्दाबाझ्दै समय भुस भै दीनताले सुसेल्छ!! मुर्दालाई पनि कर लिने स्वास्थ्यशिक्षा र बत्ती! बाँच्नै दिन्नन् कुटिल अगुवा के नयाँ ? तुच्छ रद्दी !!

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

नारा कुर्ले, नव – नव सिटी, धाक वा फूर्तिसाथ !
स्याटालाइट् – सहर- सपना, स्मार्ट – मेघा अथाह !!
तिर्खा मेट्ने घरघर हिटी स्राेतकाे छैन रक्षा!
बाटा जम्मै पिच त गरिए माल हाली निकम्मा!!१ !!

भोकाएका अभिनव लुरे, स्याल-ब्वाँसा कराए !
थप्दै चर्का कर घरघरै, चुस्नमै बर्बराए !!
गावैँ हाम्रा नगर त बने, छैन आधार – पूर्व !
मात्रै स्वप्ना गफ फजुलका, चल्न थाले अपूर्व !!२ !!

सिंहै-दर्बार त धरधरै, पुग्छ चिन्ता नमान —
भन्दै, नारा घननन भए लुट्नु लुट्छन् जमात !!
पानी-बत्ती फसल-मिल वा खुल्छ उद्योगशाला !
सुन्दा सुन्दै मन-मगजमा, लाग्छ चाबी र ताला !! ३ !!

गाउँ मास्दै नव-नव सिटी, कल्पनामा रमाए !
मन्त्री सुब्बा पिउनतकले, क्या मजाले कमाए !!
हल्ला चर्काे, अतिसय भयाे, लर्खरायाे विकास !
यस्ता हाैवा, फगत गफले वैलिए झन् विकास !!४!!

बाँच्नै गाह्राे कठिन जनता दिक्क छन् वाक्क आज !
ज्यूँदाे मुर्दा कति दिन बनी सास फेर्ला समाज !!
हल्लागुल्ला लुटफुट नयाँ ट्याक्सकाे भारी थप्दै !
ठेट्ना उर्ले झडप झगडा भाउ चर्काे छ उस्तै !!५!!

हेर्दा हेर्दै दलबल यहाँ बन्न थाले निरीह !
बाझ्दाबाझ्दै समय भुस भै दीनताले सुसेल्छ !!
मुर्दालाई पनि कर लिने स्वास्थ्यशिक्षा र बत्ती !
बाँच्नै दिन्नन् कुटिल अगुवा के नयाँ ? तुच्छ रद्दी !!६!!
भस्मासुराेवाच !
समाप्तम्।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
लुते कुकुर

लुते कुकुर

डा. सत्यराज थपलिया
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x