साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही लघुव्यङ्ग्यहरू

‘एउटा उपाय छ । सर्प पनि मर्छ र लौरो पनि भाँचिन्न । समितिको बैठकको सूचनामा बैठकमा बाढीपीडितहरूका लागि धनसङ्कलन पनि गरिने छ भनेर लेखिदिऊँ ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

१. चन्दाको डर (चन्दे का डर)
एउटा ससानो समितिको बैठक बोलाउने योजना चल्दै थियो । एकजना सज्जन जो समितिका सदस्य त थिए तर का मभने केही पनि गर्दैनथे र बिचमा भाँजो हालेर बोक्रे वाहवाही चाहन्थे । उनी भाषण पनि लामै दिन्थे ।
उनी समितिको बैठकमा नआऊन् भनेर मानिसहरू केही न केही गर्न खोज्दै थिए । तर उनी त नबोलाइकनै पनि पुग्नेखालका थिए । फेरि यहाँ त उनलाई बोलाउनैपर्थ्यो किनभने उनी समितिका सदस्य थिए ।

एकजनाले भने, ‘‘एउटा उपाय छ । सर्प पनि मर्छ र लौरो पनि भाँचिन्न । समितिको बैठकको सूचनामा बैठकमा बाढीपीडितहरूका लागि धनसङ्कलन पनि गरिने छ भनेर लेखिदिऊँ । उनी अलकत्रे छुचा मान्छे हुन् र जहाँ चन्दासन्दाको शङ्का हुन्छ त्यहाँ उनी जाँदै जाँदैनन् ।’’

२. वात्सल्य
एउटा सात आठ वर्षको केटो एउटा मोटरसित ठोकियो । टाउकामा चोट लाग्यो । ऊ रुन थाल्यो । वरपरका मानिसहरू झुम्मिए । सबै रिसाएका थिए । बाबुआमा पनि आए ।

‘ड्राइभरलाई समातिराख है …। भागेर जाला…!’ यस्तै पुकारहरू भए । मानिसहरू पिट्न तम्सिए । ऊ भागोस् भने पनि पिटिने डर । मानिसका आँखामा रगत चुहिएको जस्तो छ ।

उसको दिमागमा एउटा कुरो आयो । ऊ अघि बढ्यो अनि रगतमा लत्पतिएको केटालाई उठाएर छातीमा टाँसेर पिठ्युँ थप्थपाउँदै भन्यो, ‘‘बाबु ! बाबु !!’’

यता मानिसहरू रिस त हरायो अनि बाबुआमाले पनि भने, ‘‘कस्तो सज्जन मान्छे रैछ । अरू भएको भए त भागिसक्थ्यो ।’’

३. धन्यवाद भाषण
मध्यमवर्गको मानिस पनि एउटा अचम्मैको प्राणी हुन्छ । एकातिर उसमा उच्च वर्गको अहङ्कार हुन्छ भने अर्कातिर निम्नवर्गको गरिबी हुन्छ । अहङ्कार र गरिबीबाट मिलेर बनेको उसको व्यक्तित्व बडो विचित्रको हुन्छ । उसले ठुला अधिकारीका सामु त पुच्छर हल्लाउँछ तर पिउनका अगाडि बाघ बन्न खोज्छ ।

त, त्यस दिन कार्यालयको पिउनले आफ्नो छोराको विवाहको उपलक्ष्यमा हाकिम र ठुला कर्मचारीहरूलाई एउटा पार्टी दिनुपर्ला भन्ने सोच्यो । उसले अधिकारीहरू र सुब्बा खरदारकोे घरमा विवाह हुँदा सबै साथीहरूलाई पार्टी दिएको देखेको थियो । अनि विवाहको समय नै त्यो अवसर हो जति वेला मानिसले आफ्नो गरिबीलाई बिर्सेको हुन्छ ।
त, गणेश पिउनले प्रत्येक कर्मचारीको नजिकै गएर आज कार्यालयपछि उसले सबैका लागि चियाखाजको व्यवस्था गरेको हुनाले पाल्नुहोेला है भनेर अनुरोध पनि गर्‍यो । सरहरूले पाँच बजे त्यहाँ जाने कृपा पनि गरे । ३०–४० जनाजति अधिकारी र सुब्बासाहेब र खरदारसाहेबहरू बरन्डामा टेबुलवरिपरि कुर्सीमा बसे । गणेशले व्यवस्था पनि राम्रो गरेको थियो, मिठाई, नमकिन र चिया थियो । सबै राम्रो थियो ।

जब खानेपिउने काम सकियो अनि सबैभन्दा करौटे कर्मचारीलाई सबैका तर्फबाट दुईचार शब्द बोल्ने जिम्मेवारी दिइयो । यस अवसरमा गणेशले आफ्ना दुईचार जना आफन्तलाई पनि कार्यालयका ठुला कर्मचारीहरूले उसलाई कति माया गर्दा रहेछन् भनेर देखाउन बोलाएको थियो । ऊ देखाउन चाहन्थ्यो, उनीहरू कसरी उसलाई आफूजस्तै ठान्दा रहेछन् ! ठुला हाकिमका बिचमा ऊ सानै कर्मचारी भए पनि कत्रो इज्जत रहेछ ! ती सबै आफन्तहरू भुइँमा बसेका थिए र गणेशले गर्व र हर्षपूर्वक उनीहरूतिर हेरिरहेको थियो, मानौँ ऊ भन्न चाहन्थ्यो, ‘देख्यौ त, म त्यति कामै नलाग्ने मान्छे त कहाँ हुँ र !’

त, ती कुरौटे कर्मचारीले भाषण दिन थाले, ‘‘हामी गणेशलाई धेरै धन्यवाद दिन्छौँ । उनको व्यवस्था निकै राम्रो थियो । परमात्माले आज उनलाई यो शुभ दिन पनि देखाए । मलाई थाहा छ जति वेला गणेश यहाँ आएका थिए त्यति वेला यिनीसँग खाने दानो पनि थिएन र लगाउने धरो थिएन । बिचरा भोकभोकै हुन्थे । तर हामीले उनलाई यहाँ नोकरीमा लगाइदिएपछि त उनी मज्जामा छन् ।’’

गणेशको शिर निहुरियो । ऊ रोलारोलाजस्तो भयो । उसका आफन्त पनि उदास भएका थिए । गणेशलाई टाउको उठाएर उनीहरूलाई हेर्न सकिरहेको थिएन ।

कर्मचारीले जब उसको भोकमरीको र गरिबीको पिठ्युँमा आफ्नो उपकारको भारी बोकाए अनि गणेशले काँपिरहेका हातले जुठा कपप्लेट बटुल्न थाल्यो ।

४. आफ्नो–पराई (अपना–पराया)
‘‘तपाईं कुन स्कुलका शिक्षक हुनुहुन्छ ?’’

‘‘म लोकहितकारी विद्यालयमा छु । किन, केही काम छ र ?’’

‘‘अँ, मेरो छोरालाई स्कुलमा भर्ती गराउनु छ ।’’

‘‘उसो भए हाम्रै स्कुलमा भर्ती गराउनुस् न त !’’

‘‘पठनपाठन कस्तो छ नि ?’’

‘‘नम्बर वन ! निकै राम्रा शिक्षकहरू छन् । वातावरण पनि निकै राम्रो छ । निकै राम्रो स्कुल छ ।’’

‘‘तपाईंका बाबुले पनि त्यहीँ पढ्छन् होला ?’’

‘‘कहाँ हुनु ? मेरो बाबु त ‘आदर्श विद्यालयमा पढ्छ ।’’

०००
यी लघुव्यङ्ग्यहरू ‘परसाई रचनावली’ २ बाट अनुवाद गरिएका हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x