साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई लघु व्यङ्ग्य

‘यसमा के छ ? थाहा छ ? यसमा प्रेमपत्र छ । जुन केटीले यो लेखेकी हो त्यसलाई म एक वर्षदेखि हिन्दी पढाउँदै छु । अनि उसले यो प्रेमपत्र दिएर मलाई भन्छे, ‘सर, यो लेटर बक्समा हालिदिनुस् न !’

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

१. जनताको गोली (जनता की गोली)

राष्ट्रको संसद्मा कसैले आलोचना गर्दै भन्यो, गत महिना प्रहरीले २५ ठाउँमा जनतामाथि गोली चलायो जसमा ५०/६० मान्छे मारिए……’

मन्त्रीले उत्तर दिए, ‘हाम्रोमा जनताको धनबाटै गोलीहरू बन्ने गर्छन् । उत्तरदायी सरकार भएकाले हाम्रो कर्तव्य के हुन्छ भने जनताको धनको बढीभन्दा बढी प्रयोग जनतामै होस् । जनतका गोली जनताकै काम लाग्नुपर्छ । त्यसैले हामीले गोलीहरूलाई अन्य कसैमाथि पनि अपव्यय नगरेर जनताको वस्तु जनतालाई नै दिएका हौँ ।’
उनको यस भनाइमा सत्तापक्षबाट परररररर ताली गुँज्यो ।

२. सक /झटका (शाक)

नगरको नाम भन्दिनँ । जसको चर्चा गर्दै छु ती हिन्दीका प्रसिद्ध लेखक तथा आलोचक थिए ।
शरीररूपी सम्पत्ति निकै फितलो । रूप पनि कहिल्यै आकर्ष थिएन होला । जुन समयको चर्चा हुँदै छ त्यति वेला उनलै ४० वर्ष पार गरिसकेका थिए । अविवाहित थिए ।

एक दिन पार्कमा मन लागी नलागी बसेका थिए । एकजना मित्र आए र सोधे, ‘किन ? के भयो र ? निकै मन नलागी नलागी बसेका छौ नि !

‘यस्तो के भयो र तिमीमाथि दुःखको पहिलो खस्यो र ?’

उनले भने, ‘नमान्ने नै हौ भने सुन । म हिन्दीको लेखक हुँ र २० /२२ वर्षको मेरो साधना । छायावादी कवितालाई त मानिसहरू रौँबराबर पनि मान्दैनन् । मैले उनलाई छायावादका बारेमा बुझाएँ । छायावादी रथको सारथी त एक प्रकारले म नै हुँ । मेरा आठवटा पुस्तकहरू छन् । हिन्दुस्तानीहरूलाई लाजसरम हुँदो हो त अहिलेसम्म मलाई सम्मानका लागि विद्यावारिधिको उपाधि दिइसक्नुपर्ने हो ।’

उनी रोकिए । अनि गहिरो सास छोडेर भने, ‘अनि मेरो यो अवस्था छ । ममाथि यसरी अन्याय भएको छ । मेरो यस्तो अवहेलना भएको छ ।’

मित्रले यिनको कतै कुनै सम्मेलन आदिमा पक्कै अपमान भएको छ भन्ने बुझे । उनले पनि सम्झाउँदै भने, ‘हेर भाइ, हिन्दीवालाले त मान्छेको साधनालाई मान्यता दिनै साह्रै ढिला गर्छ्‌न् ।’

उनले भने, ‘हैन, मलाई हिन्दीवालासित गुनासो हैन । यो खाम हेर, यसमा कसको नाम र ठेगाना लेखिएको छ ?’
मित्रले भने, ‘यसमा त कुनै युनिभर्सिटीको केटाको ठेगाना लेखिएको छ ।’

‘यसमा के छ ? थाहा छ ? यसमा प्रेमपत्र छ । जुन केटीले यो लेखेकी हो त्यसलाई म एक वर्षदेखि हिन्दी पढाउँदै छु । अनि उसले यो प्रेमपत्र दिएर मलाई भन्छे, ‘सर, यो लेटर बक्समा हालिदिनुस् न !’

०००
(यी रचनाहरू हरिशंकर परसाईको ‘परसाई रचनावली २’ बाट अनुवाद गरिएका हुन् । अनु.)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x