साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही लघु व्यङ्ग्य रचनाहरू

भगवान्‌कै वर्षा हो अनि भगवान्‌कै भक्त हुन् । वर्षाले भक्तलाई त रोकिदियो तर ट्रेक्टरलाई रोक्न सकेन । यसरी भक्त र भगवान्‌को तुलनामा ट्रेक्टर ठुलो भयो । विज्ञान नभए र भगवान्‌को रथ पनि चल्दो रहेनछ ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

१. सालले पिएको थियो (साला पिये था)

उनी राति १० बजे चौबाटामा भेटिए । खुब रक्सी धोकेका थिए । खुट्टा पनि एउटा उत्तरमा टेकिन्थ्यो भने अर्को दक्षिणमा । मुखबाट निरर्थक र बेकारका वाक्यहरू निस्किरहेका थिए ।

भन्दै थिए, ‘अझैसम्म पनि आएन । तँलाई देखाइदिन्छु भनेर भन्दै थियो तर म यहाँ आएकोे पनि आधा घण्टा भइसक्यो । अब उसको किन हिम्मत हुँदैन आउने ?’

मैले सोधेँ, ‘को ? आखिर तपाईं कससित लडेर आउनुभएको छ र ?’

उनले भने, ‘कुन्नि को थियो ? तर मसित झगडा भयो । अनि मैले उचालेर पछारिदिएँ कमजोर भएर के भयो त ? दाउ त बिर्सेको छैनँ नि ! एक पछारमै होस ठेगानमा आयो ।’ अनि फेरि अनुहारमा एउटा घृणाको भाव ल्याएर रमाइलोसित भने, ‘अनि सुन न, त्यस सालेले पिएको थियो ।’

२. सल्लाहकार (सलाहकार)

उनी साहेबका दाहिने हात मानिन्थे । यदि साहेबको पुच्छर हुँदो हो त त्यो पनि यसरी पछिपछि नघुम्दो हो जसरी त्यो दाहिने हात घुम्थ्यो । उनी उनका सल्लाहकार थिए ।

एक दिन साहेबले भने, ‘मलाई लाग्छ, म हाकिम साहेबसित भेटूँ कि ? के भन्छौ ?’ अनि सलाहकारले भने, ‘हो हजुर, अवश्य भेटेर आइस्योस् ।’

फेरि केही बेरपछि साहेबले भने, ‘भो, केही बेरपछि जाउँला, हुन्न ?’

सल्लाहकारले भने, ‘हो हजुर, केही बेरपछि नै जानु उपयुक्त हुुन्छ ।’

केही सोचेर साहेबले फेरि भने, ‘आजै जान ठिक नहोला । भो, भोलि जानुपर्ला ।’

सल्लाहकारले भने, ‘हजुर, मेरो पनि यही विचार थियो । भोलि नै गइसेला ।’

फेरि केही बेरपछि हाकिमको मन फेरियो । उनले भने, ‘नाइँ नाइँ, जानै पर्दैन नि ! मैले लेखेरै सोधिहाल्छु ।’
अनि सल्लाहकारले भने, ‘हो त सर, जानै पर्दैन नि । लेखेर सोधिबक्से त भइहाल्छ नि ।’

३. भगवान् र ट्रेक्टर (भगवान और ट्रेक्टर)

जगन्नाथपुरीमा हरेक वर्ष भगवान् जगन्नाथको रथयात्रा हुन्छ । लाखौँको भिड हुन्छ । रथमा मान्छे नारिन्छन्, भगवान्‌को रथ तान्ने कुरा भक्तहरू गौरवको अनुभव गर्दछन् ।

यस वर्ष भगवान्‌ले पानी पारिदिए । भगवान्‌को वर्षाका कारण भगवान्‌का भक्तहरू आएनन्, रथ तान्ने मान्छे कोही भएन ।

अनि भगवान्‌ले विज्ञानको सहायता लिनुपर्‍यो । उनको रथ ट्रेक्टर लगाएर तान्न लगाइयो ।
भगवान्‌कै वर्षा हो अनि भगवान्‌कै भक्त हुन् । वर्षाले भक्तलाई त रोकिदियो तर ट्रेक्टरलाई रोक्न सकेन ।
यसरी भक्त र भगवान्‌को तुलनामा ट्रेक्टर ठुलो भयो । विज्ञान नभए र भगवान्‌को रथ पनि चल्दो रहेनछ ।

०००
(यी रचनाहरू हरिशंकर परसाईको ‘परसाई रचनावली २’ बाट अनुवाद गरिएका हुन् । अनु.)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
प्राज्ञ बन्ने योग्यता

प्राज्ञ बन्ने योग्यता

रामकुमार पण्डित क्षेत्री
घडीको आत्मकथा

घडीको आत्मकथा

फित्काैली डटकम
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x