साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नहुषको निष्काशन

नहुषले चाहेको भए नबोल्न पनि सक्थ्यो तर ऊ नहुषेको बाहन नभएर आफैँ नहुष थियो । त्यसैले ऊ बाहिर निस्क्यो । ऋषिहरूले उसलाई भन्नु नभन्नु भने अनि घोक्रेठ्याक लगाएर बाहिर धपाइदिए ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

सहरमा इन्द्रदेवका थुप्रै घरहरू भाडामा लागेका थिए । एउटा पुरै टोलमा उनकै घरहरू थिए र उनले त्यस टोलको नाम नै ‘स्वर्गपुरी’ राखेका थिए ।

नहुष बाबुको हालसालै यसै सहरमा सरुवा भएको थियो । ऊ घर खोज्दै थियो र खोज्दाखोज्दै ऊ इन्द्रदेव भएको ठाउँमा पुग्यो । इन्द्रदेवले सोधे, ‘फ्यामिली छ ?’
नहुषले भन्यो, ‘हजुर, फ्यामिली छ ।’
‘कहाँ छ ?’
‘अहिले त उहीँ छ । घर पाएपछि फ्यामिली ल्याउने हो ।’

इन्द्रदेवले भने, ‘हेर्नुस्, यहाँ सबै परिवारसितका मानिसहरू बस्छन् । यो सज्जनहरूको टोल हो । यहाँ ‘सिङ्गल’ मान्छेलाई घर दिँदैनन् । सबैका घरमा छोरीबुहारी छन् ।’

नहुषले भन्यो, ‘हजुर, हजुरको भनाइ सही हो तर मेरो भने ‘फ्यामिली’ छ । एकदुई महिनामा ल्याइहाल्छु । तपाईंलाई मबाट कुनै गुनासो आउने छैन । म भाडा पनि पेस्की नै दिने गर्छु र मरम्मत खर्च पनि आफैँ गर्ने गर्छु ।’
इन्द्रदेवले भने, ‘ठिक छ । दुई महिनामा फ्यामिली ल्याउने सर्तमा मात्र म तिमीलाई घर दिन्छु ।’

नहुषले घर भेटायो । त्यो घर इन्द्रदेवको घरसितै टाँसिएको थियो र पश्चिमतिरको झ्यालबाट इन्द्रदेवको आँगन देखिन्थ्यो । नहुष त्यहीँ बस्न थाल्यो ।
हरेक महिना भाडा तिर्न जाँदा इन्द्रदेव भन्ने गर्थे, ‘भाइ, अब फ्यामिली लिएर आऊ है !’
नहुष भन्थ्यो, ‘यही आउँदो महिना विदा लिएर जाँदै छु ।’
जब पाँचछ महिना बिते अनि इन्द्रदेवले भने, ‘अब त मलाई तिम्रो फ्यामिली पनि छ कि छैन भनेर शङ्का पो लाग्न थाल्यो त । भए त अहिलसम्म त ल्याउने थियौ नि !’

नहुषले भन्यो, ‘सर, फ्यामिली त छ तर अलि ‘फ्यामिली प्लानिङ’ गर्दै छु के । त्यसैले मैले सरुवा गराएको हुँ नि । मेरो सरुवा हुँदा चौथो सन्तान जन्मेको थियो र दुईतीन वर्ष यसै बिताउन चाहन्छु । त्यसो त मेरो चरित्र राम्रो छ । छ महिनामा कुनै यस्तोउस्तो त कतै केही भएको छैन…….. ।’
इन्द्रले भने, ‘त्यो त सबै बुझेको छु । तर अरू भाडावालाहरूले विरोध गर्छन् ।’
नहुषले भन्यो, ‘त्यसो हो भने त छिटै ल्याउँछु ।’
यसपछि इन्द्र महिनाभरिका लागि बाहिर गए ।

एक दिन इन्द्रकी शची ‘बाथरुम’बाट निस्केर आँगनमा बसेर कपाल सुकाउँदै थिइन् । नहुषको झ्याल खुल्ला थियो । त्यसो त नहुषको चरित्र राम्रो थियो तर धेरै महिनादेखि घर छुटेको थियो । रोक्दारोक्दै पनि उसका आँखा त्यतै गए अनि त उसले एकोहोरो त्यतै हेरिरह्यो ।

अचानक शचीका आँखा पनि त्यसै झ्यालमा परे अनि उनी एकाएक अताल्लिएर उठिन् र ‘तेरा आँखा फुटून् !’ भन्दै भित्रतिर दगुरिन् ।

टोलमा केही रिटायर्ड बुढाहरू बस्थे । उनीहरू ऋषि कहलिएका थिए । यिनीहरू आफ्ना बुहारीसित त लड्थे तर अर्काकी बुहारीको ‘स्क्यान्डल’को चर्चा निकै चाख मानेर गर्थे । टोलका महिलाहरूको चरित्रको रक्षा उनीहरू नै गर्थे ।
शची लुगा लगाएर रिसले रातीपिरी हुँदै ऋषिहरूकोमा गइन् अनि भनिन्, ‘बाबा, यो नयाँ भाडावालाका आँखामा पाप छ । उहाँ बाहिर जानुभएको छ । आज मैले नुहाएर आँगनमा कपाल सुकाउँदै गर्दा त्यस आरनमुखेले मलाई क्वारक्वार्ती हेरिरहेको थियो । त्यसका आँखामा किरा परून् ।’

ऋषिहरूलाई रिस उठ्यो । उनीहरूले भने, ‘यस टोलमा यस्तो त कहिल्यै भएको थिएन । जा, तँ जा । त्यसलाई हामी हेर्छौँ ।’

शची गइसकेपछि बुढाहरूले पहिले त ‘स्क्यान्डल’को स्वाद चाखे । भन्दै थिए, ‘त्यति तै लज्जावती थिई भने भित्रै किन बस्दिन त ? भन न, लोग्ने टाढा गएको छ अनि ऊ आँगनमा आएर कपाल सुकाउँछे ! अनि ठुलै सती सावित्री बनेको स्वाङ पार्छे ।’

एकजना बुझ्झकीले भने, ‘मैले त यो मान्छे लुच्चो र लफङ्गो छ भनेर इन्द्रलाई पहिल्यै भनिदिएको थिएँ ।’
‘तर उसलाई त भाडाको लोभ छ नि त ! भयो, अब उसले तेरै स्वास्नीमाथि आँखा लगाउन थाल्यो ।’

अर्काले भने, ‘जे भए पनि उसलाई टोलबाट भने लखेट्नैपर्छ । आज उसमा आँखा लगाएको छ भने भोलि हाम्रै छोरीबुहारीमा पनि आँखा लगाउन सक्छ ।’

सबै ऋषिहरू रिसले काँप्दै उठे अनि नहुषको घरअगाडि पुगेर हकारे, ‘ए नहुषेको बाहन ! बाहिर निस्की !’

नहुषले चाहेको भए नबोल्न पनि सक्थ्यो तर ऊ नहुषेको बाहन नभएर आफैँ नहुष थियो । त्यसैले ऊ बाहिर निस्क्यो ।
ऋषिहरूले उसलाई भन्नु नभन्नु भने अनि घोक्रेठ्याक लगाएर बाहिर धपाइदिए ।

०००
(यो रचना ‘परसाई रचनावली २’को ‘नहुष का निष्काशन’ शीर्षकको कथाबाट अनुवाद गरिएको हो ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फोन

फोन

लीलाराज दाहाल
पुस्तकको चमत्कार

पुस्तकको चमत्कार

ठाकुरप्रसाद अधिकारी
मलमूत्रको कुरो

मलमूत्रको कुरो

दिलीप अर्याल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
0
Would love your thoughts, please comment.x
()
x