साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई लघुव्यङ्ग्य

अर्थात् आकाशको पनि अंशबन्डा भएको थियो भाइहरूका बिचमा । आपसमा बोलचाल छैन । तर दुवै दाजुभाइ ‘क्षमावाणी’ पर्वको तयारीमा उत्साहपूर्वक लागेका छन् ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

१. झटका (शाँक)
सहरको नाम नभनौँ । जसको चर्चा गर्दै छु, उहाँ हिन्दीका प्रसिद्ध लेखक र समालोचक हुनुहुन्छ ।
शारीरिक सम्पत्ति निकै क्षीण । रूप पनि कहिल्यै आकर्षक थिएन होला । जुन समयको चर्चा गर्दै छु त्यति वेला उहाँ ४० पारि पुगिसक्नुभएको थियो तर अविवाहित हुनुहुन्थ्यो ।

एक दिन पार्कमा उदास भएर बस्नुभएको थियो । एकजना मित्र आए । सोधे, ‘के भयो ? किन उदास भएर बसेका छौ त ?’

‘भाइ, मलाई नजिस्क्याऊ है !’ उहाँ ठुस्केर बोल्नुभयो ।

‘आखिर केही त भन न ! कुनचाहिँ दुःखको पहाडै खस्यो र तिमीमाथि ?’

उनले भने, ‘नसुनी नहुने भए सुन त । म हिन्दीको लेखक हुँ । मेरो साधनाका पनि २०–२२ वर्ष भए । तर छायावादी कवितालाई मानिसहरू धुलोबराबर पनि मान्दैनन् । मैले उनीहरूलाई छायावादका बारेमा भन्दै एक प्रकारले छायावादी रथको सारथी म नै हुँ भनेर बुझाएँ र भनेँ, मेरा आठवटा पुस्तकहरू छन् । हिन्दूस्तानीहरूमा अलिकति पनि लाज हुँदो हो त अहिलसम्म मलाई मानार्थ विद्यावारिधिको उपाधि दिइसक्नुपर्ने हो ।’

उहाँ अडिनुभयो । फेरि गहिरो सास तानेर भन्नुभयो, ‘अनि मेरो यो अवस्था छ । यो त ममाथि अन्याय नै भएको हो । यस्तो अवहेलना मेरो !’

मित्रले उहाँको कतै कुनै सम्मेलनआदिमा अपमान भएको रहेछ भन्ने थाहा पाए । उनले सम्झाउँदै भने, ‘ए भाइ, हिन्दीवालाहरू त निकै ढिलो गरेर मात्र मानिसको साधनालाई मान्यता दिने गर्छन् ।’

उहाँले भन्नुभयो, ‘हैन, हिन्दीवालासित मेरो गुनासो हैन । यो खाम त हेर । यसमा कसको ठेगाना लेखिएको छ ?’
मित्रले भने, ‘यसमा त कुनै विश्वविद्यालयको विद्यार्थीको ठेगाना लेखिएको छ ।’

‘थाहा छ यसमा के छ ? यसमा प्रेमपत्र छ । जुन केटीले लेखेकी हो, उसलाई म एक वर्षदेखि हिन्दी पढाउँदै छु । अनि उसले यो प्रेमपत्र मलाई दिँदै ‘सर, यो चिठी लेटर बक्समा खसालिदिनुहोला’ पो भनी !’

२. क्षमावाणी
बितेका दिनमा पर्यूपर्षण पर्वमा एकजना धार्मिक जैन सज्जनसित भेट्न गएँ ।

निकै व्यस्त थिए । भने, भोलि ‘क्षमावाणी’ उत्सव हो । त्यसैको व्यवस्थापनमा लागेको छु । सबै काम मेरै टाउकामा आएको छ । ११ दिनदेखि व्रत चलिरहेको छ र आज त सास फेर्ने फुर्सदसम्म पनि छैन ।’

मैले सोधे, ‘कस्तो उत्सव हो र यो ?’

उनले भने, ‘भाइ, यस उत्सवमा सबैजना प्रेमपूर्वक भेट्छन् र एकले अर्कालाई क्षमा गर्छन् । निकैै प्रेम र सद्भावको उत्सव हो यो ।’
उनी प्रेमविभोर भए ।

मैले भनेँ, ‘ठुल्दाजु कहाँ हुनुहुन्छ त ? उहाँलाई पनि भेट्न पाए हुन्थ्यो । बोलाइदिनुस् न ल ?’
उनले भने, ‘पल्लोपट्टि बस्न थाल्नुभएको छ । गएर बोलाऊ । हाम्रो त बोलचालै छैन ।’

उनी ‘क्षमावाणी’ को काममा लागे ।

मैले बाहिर गएर हेरेँ । त्यस घरलाई छुट्याउनका लागि जुन पर्खाल उठाइएको थियो त्यो आठ फिट अग्लो थियो । अर्थात् आकाशको पनि अंशबन्डा भएको थियो भाइहरूका बिचमा । आपसमा बोलचाल छैन । तर दुवै दाजुभाइ ‘क्षमावाणी’ पर्वको तयारीमा उत्साहपूर्वक लागेका छन् ।

नोभेम्बर १९५६ मा बसुधामा प्रकाशित

०००
‘परसाई रचनावली’ २ बाट अनुवाद गरिएकाे हाे । अनु.

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x