महेन्द्र उपाध्यायछोडी जानेको ठूलो गुन
आउनेले धकेल्ने छन्, अझै केही पर छोडी जानेको पनि ठूलो, गुन थियो के भनौं 'एमपी, यतिसम्मै भयो मन पुरै अँध्यारो, आकाशमा जून थियो ।
महेन्द्र उपाध्याय अतल :
भीष्मका लागि को थियो, कुन थियो ?
नबस्ने आसन, न शिरमा मुकुट थियो
जे पनि हुनसक्छ, समयले बोल्यो प्यारा
अहिलेसम्म त समय, चुप थियो
यसकारण तोडुँ, मैले पनि सीमा कृष्ण
उसको अघि सबथोक, मेरो अघि कानून थियो
हेराईमा माया उसको, बोलीमा मह थियो
गुराँस जस्तै ऊ, अनुहारमा फागुन थियो
के बुझाएँ खै, तिम्रो त्यत्रो हिसाब
मेरो हैसियत नै, चानचुन थियो
आउनेले धकेल्ने छन्, अझै केही पर
छोडी जानेको पनि ठूलो, गुन थियो
के भनौं ‘एमपी, यतिसम्मै भयो
मन पुरै अँध्यारो, आकाशमा जून थियो ।
०००
लम्कीचुहा, कैलाली
सद्य प्रकाशित दुई (गजलसङ्ग्रह) २०८३
Subscribe
Login
0 Comments
Oldest






































