साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिन्ता

यसरी नै कुनै दिन ठिक दश मिनेट म पुगौला जीवन र मृत्यूको दोसाँधमा त्यो दश मिनेटमा म के गरिबसुँला ? के म सम्झेर बसौंला, छोडी हिँडेको अतित ?

Nepal Telecom ad

महेन्द्र उपाध्याय अतल :

ठिक, दश मिनेट अगाडि छ,
मेरो हातको घडी रेडियो नेपालको
समय भन्दा

म
ठिक दश मिनेट अगाडि पुग्छु बस स्ट्याण्ड
ठिक दश मिनेट अगाडि चढ्‌छु गाडी
ठिक दश मिनेट अगाडि पुग्छु पुग्नु पर्ने ठाउँमा
र त्यो दश मिनेटमा

म बनाउँछु स-साना योजना
जस्तो कि
दिउँसोको खाजाको,
भरेको खानाको
अब फेरि नुहाउनु पर्ने दिन,
बाँकी भेट्न पर्ने मान्छेहरु,
सप्ताहन्तमा प्रेमिकासँगको मिलन,

अनि त्यही दश मिनेटभित्र
सम्झन्छु ससाना कुरा
जस्तो कि
च्यातिएको मन पर्ने टिसर्ट,
अघिल्लो महिना कम पाएको मासिक तलब,
पूरा गर्ने नसकिने कुनै योजना,
घडीको सुईसँगै दौडिरहेको आफ्‌नै जिन्दगी,
अनि ताला लगाएँ कि लगाइनँ भनेर हेरेको ढोका

यसरी नै कुनै दिन ठिक दश मिनेट
म पुगौला
जीवन र मृत्यूको दोसाँधमा
त्यो दश मिनेटमा म के गरिबसुँला ?
के म सम्झेर बसौंला, छोडी हिँडेको अतित ?
कि बनाएर बसौंला कुनै व्यर्थको योजना ?

०००
लम्कीचुहा, कैलाली
हालै प्रकाशित – दुई (२०८३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x