साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

उहाँ सफल लेखक, हास्यव्यङ्ग्य लेख्नुहुन्छ अर्काको आङमा जुम्रा हैन, लिखा नै देख्नुहुन्छ कसैले उहाँका आङको भैँसी देखाएर त हेरोस्‌ भैँसी हाँक्ने त्यै लौराले उसैको पुर्पुरो सेक्नुहुन्छ ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
फूल चुँड्नुको पीडा के हुन्छ त्यो डालीलाई सोध
पातहरू झर्नुको पीडा के हुन्छ हरियालीलाई सोध
सन्तानलाई विदेश पठाएर बाआमा कसरी बसेका छन् ?
बगैँचा उजाडिनुको पीडा के हुन्छ त्यो मालीलाई सोध ।

२.
को को के के हुन् अब मुखौटो उघारेर चिन्दा हुन्छ
कौडीमा बिक्न तयार छन् मोल लगाएर किन्दा हुन्छ
माननीय त के भन्नु अपमाननीय पनि भन्न मिल्दैन
निन्दनीय भनौँ भने पनि त निन्दा शब्दकै निन्दा हुन्छ ।

३.
‘क’ भन्छ, कोही त होस् जसले मुखमै खाना खसाइदेओस्‌
‘ख’ भन्छ, कोही त होस् जसले मुखको खाना चपाइदेओस्‌
अल्छी तिघ्रे मिठो जिब्रेहरूमा कोभन्दा को कम छ र हजुर
‘ग’ भन्छ, कोही त होस् जसले पेटको खाना पचाइदेओस् ।

४.
उहाँ सफल लेखक, हास्यव्यङ्ग्य लेख्नुहुन्छ
अर्काको आङमा जुम्रा हैन, लिखा नै देख्नुहुन्छ
कसैले उहाँका आङको भैँसी देखाएर त हेरोस्‌
भैँसी हाँक्ने त्यै लौराले उसैको पुर्पुरो सेक्नुहुन्छ ।

५.
म त्यो बाती हुँ जो आफै जल्छु र अन्धकारमा प्रकाश छर्छु
म हारसित हार मान्दिनँ, हारलाई नै हराउने प्रयास गर्छु
तिम्रो र मेरो विचारमा यति मात्र अन्तर छ ए मेरा साथी
तिमी विश्वासलाई सत्य मान्छौ, म सत्यमा विश्वास गर्छु ।

०००
रुपन्देही
बदनाम आँचल (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x