साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्याबास काग !?

पछ्यौराको फेरले हतार हतार आफ्नो आफ्नो मुख पुछ्न थाले । मुख पुछेपछि तिनका पछ्यौराको फेरमा हेर्दा कालो कालो पदार्थ लतपतिएको देखियो ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

जस्तो अवस्था उस्तै नाम भन्ने भनाइ चरितार्थ हुने गरि शहरको बीचबाट बगेको ढलमती खोलो शहरबाहिर पनि करिब दुई कोशपरसम्म पुगेर अर्को नदीमा समावेश भएको थियो । लाग्थ्यो शहर र त्यसको बाह्यान्तर शेरोफेरोको राजनीतिक माहोलको, कर्मचारीतन्त्रको, ठेक्कापट्टाको, सबै सानाठूला सरकारी अड्डाको सबैभन्दा सुहाउँदो सुवास त्यही ढलमती खोलाले छरिरहेको थियो । त्यही खोलाको शहरदेखि आधा घण्टा पैदल दूरीमा परेको किनारमा एउटा सानो जङ्गल र त्यसको बीचमा भएको चौरमा आज अनौठो जमघट देखियो । करिब अन्ठानब्बे प्रतिशत महिलाको उपस्थिति रहेको त्यो जमघटमा कुनै उत्साह उमङ्ग रमाइलो हँसिलो उज्यालो वातावरण थिएन । थियो त केवल एकदम गहिरो सन्नाटा मूर्दा शान्ति मात्र ।

जङ्गलमा घाँस काट्न भनेर आएका कुनै दुई जना स्थानीयले यस अघि कहिल्यै नदेखेको जमघट देखेपछि सल्लाह गरेर वास्तविकता बुझ्ने प्रयास गरे । उनीहरू जमघटको नजिक गए र कुनै दुई सहभागी महिलाहरूलाई बोलाएर शिष्टतापूर्वक कुरो कोट्ट्याए । जब कुरो शुरू भयो तब ती महिलाको आँखामा आँसु आयो । उनीहरू सुँक्क सुँक्क गर्न थाले । निकै गाह्रो मान्दै बीचबीचमा अड्किँदै उनीहरूले भने-

हेर्नुस , हामीहरू निकै सप्पन्न परिवारका महिला हौं यहाँ उपस्थित सबै । हामीमध्ये लगभग दुई तिहाई र करिब सबैका भर्ताहरू सरकारी कार्यालयमा उच्च पदमा छौं । कसैको आफ्ना ठूला निर्माण कम्पनी छन् । कसैको परिवारका मूल व्यक्तिहरू देशका ठूला राजनीतिक दलका शीर्ष पदमा छन् । हाम्रा कार्यालयहरूमा कम्पनी र दलहरूमा हामीलाई पहिले असाध्यै स्वर्ग थियो । हाम्रो नियमित तलब भत्तभन्दा कैयौं गुणा आम्दानी अरू नै हुन्थ्यो । जतिखेर मनलाग्यो त्यतिखेर काम छोडेर हिँड्न, काममा हाजिर हुन, सङ्घ सङ्गठनमा सामेल हुन र त्यसकै आधारमा सरकारलाई अनेक मनमौजी कुरामा बाध्य पार्न, आफ्ना नातागोतालाई खाली पदमा भर्ती गर्न पाइन्थ्यो ।

अहिले नयाँ सरकार आएपछि कस्तो ज्याद्रो मन्त्री आएछन् भने राष्ट्र सेवकहरूका यस्ता आन्तरिक रूपमा असाध्यै लोकप्रिय काम कुनै पनि गर्न नपाइने भयो । हामीमाथि एकदम ठूलो बज्रपात भयो । हामी समयमै कार्यालयमा पुग्नुपर्ने, नियमित तलब बाहेक अन्य कुनै कुरा लिन नपाउने, सङ्घ सङ्गठनमा बस्न नपाउने , नातावाद हटाउनुपर्ने जस्ता अनेक हाम्रालागि यातना दिन थाल्यो । अनि हामीलाई बानिपरेको बाहेक अन्य कुरा सहन साह्रै गाह्रो पर्‍यो । त्यही पीडा खप्न नसकेर अनि सरकारले उदाङ्गो बनाइदिएको हाम्रो छवि देखाउन नसकेर यहाँ जङ्गलको बीचमा आइ रुँदै रुँदै शोक मनाइरहेका छौं ।

ती महिलाहरूले आकाशतिर हेरेर भने- “हे भगवान ! हाम्रो उद्धार गर । हाम्रो खाइपाइ आएको वरदान रुपि वातावरण फेरि फर्काइदेउ ।” त्यहिबेलामा कस्तो संयोग अचानक पर्‍यो भने माथि आकाशमा एक जोडी काग उड्दै गरेका देखिए । अनि ती महिलाहरूले तत्कालै थू: थू: थू: थू: गर्दै पछ्यौराको फेरले हतार हतार आफ्नो आफ्नो मुख पुछ्न थाले । मुख पुछेपछि तिनका पछ्यौराको फेरमा हेर्दा कालो कालो पदार्थ लतपतिएको देखियो ।

घाँस काट्न वनमा आएका दुवै स्थानियले भने — स्याबास काग !?
अनि उनीहरू अन्तै मोडिए ।

०००
२०८३ वैशाख २५
चितवन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Shivahari
Shivahari
4 months ago

गजब ! अब ती दिन फिर्ता हुन असंभब

Nepal Telecom ad
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
अलमल्ल

अलमल्ल

रामकृष्ण ढकाल
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
1
0
Would love your thoughts, please comment.x
()
x