साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेकदार

नजिकै बसेर कुरो सुनिरहेको खैरे कुकुर पनि एकछिन पछि मान्छेको कुरा बुझेकै जस्तोगरी कुम्लोकुटुरो बोकेर बाटो लागेका कामदारहरूकै पछि पछि गयो ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

बज्यो धून बज्यो धून पक्कै कृष्ण हुन भन्ने गीतमा खल्तिमा बज्यो फोनको धून । त्यसपछि उनले खल्तिबाट मोबाईल निकालेर कसले बजायो भनेर हेरे अनि बोले – हजुर ! नमस्कार, म बोल्दैछु । अस्तिको खेपको पैसो पाउनुभो ?? …..ए ! ल ठिक छ त्यसोभए । अँ सुन्नुस् न हजुर एउटा अर्को पनि त्यो अस्ति गिट्टी बालुवा छड सिमेन्ट पठाइदिनुभएको जस्तै ठाउँ छ । त्यहाँ पनि त्यसैगरी सामान पठाइदिनुपर्‍यो । मै तपाइँलाई फोन गरुँला भन्दैथिएँ, तपाइँकै फोन आयो ।

एकदम सुसाइतमै फोन गर्नुभो । बरू बिला बनाउँदा चाहिँ अल्लि भिन्दै तरिकाले बनाउनुहोला । त्यो सामानको मात्र होइन यस्सो कोहिबेला तपाइँ हामी कतै भेट हुँदा एक दुई घण्टा बसेर रमाइलो गर्न समेत निस्कनेगरी । मैले पनि त्यही बिल देखाएर अधिकृतहरूबाट पैसो झार्नु पर्छ । फेरि जति किस्ता पैसो निकाल्यो त्यतिनै पटक त्यहिँ कार्यालय भित्र अघोषित परके कर नदिए काम ड्काइहाल्छन । अनि यस्सो बाङ्गो औंलो त बनाउनै पर्‍यो ।…

हवस् हजुर हवस् । तपाईं त्यति ज्ञानी मिलनसार हुनुहुन्छ भनेरै बुझेरै हामिले कारोबार तपाईंशीत गरेका हौं नि ! ल हजुर , तपाईंको त्यति पक्का वचन सुनियो । म अब एकदम लाभदायक कारोबार हुने भो । बरू पैसोचाहिँ एकहप्तापछी अर्को किस्ता निस्केपछी है त हजुर !…

हस हस । हुन्छ हुन्छ भैहाल्छ नि ! तपाइँ व्यापारी र हामी ठेकदार भनेको त ढुङ्गको भर माटो र माटोको भर ढुङ्गा त हो नि । दोहोरै हित त हेर्नू परिगो नि । हस म ढुक्का भएँ है हजुर । मेरो अहिले भर्खरै अर्को एउटा यस्तै कामको लागि बैठक छ । अहिलेलाई मैले फोन राखें है । नमस्कार ।

यो सम्वाद सुनिरहेको एकजना कामदारले ठेकदार मोटरसाइकल चलाएर अल्लि पर पुगेपछी अर्को कामदारसँग भन्यो – साले ! ठेकदार हुँ भन्ने अनि देश र जनतालाई सेकाउन सम्म सेकाउने सेकदार बन्ने ?! कस्तो भ्रष्ट रहेछ यार हाम्रो साहू त । यस्ता देशमाराको नोकर बन्दा हाम्रो इज्जत नै जान्छ । बरू हिँड तँ र म अन्तै अल्लि इज्जतिलो ठाउँ खोज्न जाउँ !! हाम्रै पसिनाको करबाट आउने बजेटमा पौडी खेल्नेहरूलाई सहयोग गर्नु अपराध हो । सेकदार जस्तो भए नि हाम्रो त इज्जत छ नि । हामी अपराधीको नोकर नबसौं ।

नजिकै बसेर कुरो सुनिरहेको खैरे कुकुर पनि एकछिन पछि मान्छेको कुरा बुझेकै जस्तोगरी कुम्लोकुटुरो बोकेर बाटो लागेका कामदारहरूकै पछि पछि गयो ।

०००
२०८२ चैत्र २९
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x