साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन आउँदैन ?

यस्तैबेलामा आइपुगे त करिब एक गाडी दुष्ट भ्रष्टहरू यहिँ एकैठाउँमा भेटाउँथे नि । जिल्ला जिल्लामा यस्तै ठाउँबाट कर्‍यापच्याप पारेर लैजानु नि ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

केही मानिसहरू एकदम आत्तिएका देखिन्थे । उनीहरूको निधार कपालका रौंको फेदमा पलाएको मूलद्वारा सिञ्चित भैरहेका देखिन्थे । उनीहरुको त्यो पानी तर्काउने चोर औंले प्रयास ब्यर्थ भएको थियो । उनीहरू तथाकथित कुशासन र दुशासनको रुपमा जममानसमा सुबिख्यात तथाकथित जिल्ला प्रशासन कार्यालयको झ्यालहरूका बाहिर लहर मिलाएर उभिएका थिए ।

त्यहाँ उनीहरूबिच भैरहेको खासखुस , छलफल , भलाकुसारी, कपाल मुसारी आदिले के सङ्केत गरेको थियो भने उनीहरूमध्ये अधिकांश सरकारी कर्मचारी थिए भने कोहि ठेकेदार कोहि अन्य कुनै तरिकाले राजनीतिको आडमा टीके नियुक्ती पाएका विभिन्न कार्यालयका आवधिक जिम्मावाल मुखियाहरू थिए ।

जब देशमा चुनाव भयो, युवापुस्ताले भत्तासिनहरूलाई ठूलो बहुमतले धूलो चटायो र आफू सत्तासिन भयो तब त्यो सत्ताले शपथ लिएको भोलिपल्टैबाट शुरु गरी सत्ता भत्ता हुक्के बैठके चम्चे नोकर आदिको स्वर्गमा रमाएकाहरूलाई उनीहरूको बिगतको कुकर्मको फल चखाउन शुरू गर्‍यो । त्यसपछि त यो लहरमा उभिएका निर्बस्त्र मात्र होइन छालै काडेर सजायँ दिइनुपर्नेमा गनिएकाहरू रहेछन् ।

यसभन्दा अघि विदेशमा भएका छोराबुहारी छोरिज्वाइँ नाति नातिनाले बोलाउँदापनी घर छोडेर हिँड्न पराइकोमा जान सँस्कार नमिल्ने ठाउँमा बस्न मन मान्दैन भन्ने गरेकाहरू अहिले आफै विदेश हानिएर नवीन सरकारको कारबाहीबाट बच्नको लागि सकेसम्म छिटो काम भ्याउन हत्तारिएका रहेछन् । घुस्याहा, कमिशनखोर, नातावादी कृपावादी ऐंचोपैंचोवादी भागबन्डावादी पूर्वाग्रहवादी चाकरिवाज चाप्लुसे घुसघुसे बजेटमारा योजनाटोकुवा जस्ताहरू त्यो लहरमा उभिएका रहेछन् । उनीहरूलाई यस्तो हतार थियो मानौं त्यहाँबाट राहदानी लिनेबित्तिकै विदेश पुगिहाल्नु छ । यहाँ जनद्रोही, राष्ट्रमारा अन्यायी अत्याचारीहरूका बिरुद्धको नयाँ तथा सशक्त कदमले नभेट्दै घर जग्गा, हेरबिचार, आफन्त भेटघाट आदि सिद्ध्याएर चरै उडेझैं भुरुरु उडिहाल्नु छ, पक्राउ पर्नु अघि नै टाढा पुगिसक्नु छ ।

भ्रष्ट बिरुद्धको कदमको नाम सुन्दैमा केन्द्रतिर शुरुभयो भन्ने खबर आउँदैमा पहिल्यै सातोपुग्लो भुत्लोसरी उडेकोले आत्तिएर । त्यहाँ राहदानी लिनको लागि लहरमा उभिँदा त्यस्तो पसिना छुटेको रहेछ । त्यहाँ आएका उनीहरू जस्ताबाट अनेक छलकपट धोखा सास्ती ऐन कानून मुद्दा झमेलाको झ्याङ्लो भोगेका सुनेका देखेका सर्वसाधारण नागरिकहरू भने त्यो लहरभन्दा अल्लि यता रुखको छायाँमा सित्तल ताप्दै भन्दैथिए- हैन त्यो सरकारको दुष्ट भ्रष्ट खोज्ने समाउने जाक्ने टोली यस्तो ठाउँमा किन आउँदैन ? यस्तैबेलामा आइपुगे त करिब एक गाडी दुष्ट भ्रष्टहरू यहिँ एकैठाउँमा भेटाउँथे नि । जिल्ला जिल्लामा यस्तै ठाउँबाट कर्‍यापच्याप पारेर लैजानु नि ।

०००
२०८३ वैशाख ८
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x