साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म बुढो भएकै हो

मान अपमानले खासै फरक पार्दैन आजकल बोलाए गैदिन्छु, दिए खाइदिन्छु पहिरन राम्रो नराम्रो भन्ने पनि रहेन अब जे जस्तो भेट्यो लाइदिन्छु भने पछि बुढो भएकै हो म ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

सर्टलाई पाइन्ट भित्र हालिरहनु परेन अब
बरु बाहिरै छोड्दा सहज हुने भयो
सुट चाहिएन पार्टीहरुमा जान पनि
भेटिए जुत्ता नत्र चप्पलमै गयो
भने पछि बुढो भएकै हो म ।

म आफ्नाहरुका लागि धेरै ठाउँमा केटी हेर्न गएको छु
मुटु ढुकढुक हुँदैन उनीहरुसँग कुरा गर्दा पहिला जस्तो
अहिले म उनीहरुको छाला हैन चाला हेर्ने भएको छु
भने पछि बुढो भएकै हो म ।

नाक कान भित्रका रौं उखेल्ने कुरा त परै जाओस्
अब त मलाइ दिनहुँ दाह्री पनि काटिरहनु परेन
यौवनाहरु नजिक पर्न असजिलो मान्न छाडे
श्रीमतीले शंका गर्न छाडिन् अब ढाँटिरहनु नि परेन
भने पछि बुढो भएकै हो म ।

आत्मरतिमा रमाउने दिन गए
आलोचना र निन्दा समेत पच्न थाल्यो
साथी संगाती पनि घट्दै गए अब
एकान्तमा दिल बस्न थाल्यो
भने पछि बुढो भएकै हो म ।

मान अपमानले खासै फरक पार्दैन आजकल
बोलाए गैदिन्छु, दिए खाइदिन्छु
पहिरन राम्रो नराम्रो भन्ने पनि रहेन अब
जे जस्तो भेट्यो लाइदिन्छु
भने पछि बुढो भएकै हो म ।

कुनैबेला ‘अभिसारिका’ मन पर्ने मलाई
आजभोलि गीता खुब मन पर्न थालेको छ
रोदी र डान्सबार नापेर नथाकेका यी पैतालाले
अब मन्दिरको परिक्रमा गर्न थालेको छ
भने पछि बुढो भएकै हाे म ।

०००
हेटाैँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x