साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिमेकी

“छ इज्जत । अगाडि पो क्यै नभनेका । पछाडि कति कुरा काट्छन तिमीलाइ के था !” “पछाडि त राजा महाराजाका पनि कुरा काट्छन् काटुन् न त काटेर के हुन्छ ?”

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

“हेर है बुढा भन्द्या छु बा लाइ चैं याँ बोलाउने हैन नि । त्यहिं दाइकोमै ठिक छन् ।” अफिसबाट फर्केर रमेश घर भित्र पनि छिर्न पाएको थिएन, मनिषाले रमेशलाइ उर्दि लाइहालिन् ।

“दाइसंग पनि सल्लाह गरौंला नि । हामीले मात्र भनेर काँ हुन्छ । दाइकोमा बसेको पनि निकै भै सक्यो झ्याउ लागि सक्यो होला ।” रमेशले सोझो उत्तर दियो ।

“झ्याउ लागोस् कि स्याउ लागोस् पर्दैन भने पछि पर्दैन । याँ आफ्नो एउटा परिवार कसरी धान्नु भै रा छ । फेरि तिम्रा बा कस्ता छन् नि नचिन्या हो र ! चुपो लागेर बस्नु, किनेर दिएको लाउनु, बनार दिएको खानु, त्यस्तो छैन । उपदेश छाँटेर बसिसक्नु हुँदैन । यसो गर, उसो गर, त्यसो नगर । मान्छेको निजि जिन्दगी भन्ने पनि त हुन्छ नि ! जे कुरामा पनि हस्तक्षेप !” मनिषालाइ ससुराले सम्झाएको फिटिक्कै मन पर्दैन ।

“बिस्तार बोल न । भित्ताको पनि कान हुन्छ भन्छन् फेरि छिमेकीले सुने भने के भन्लान् ! एउटा भको बुढो बाउलाइ पनि पाल्न सक्दो रहेनछ भन्दै हिँडे भने भएन बेइज्जत !” रमेशले मनिषालाइ शान्त पार्न सक्दो कोसिस गर्यो ।

“भने भनुन् न त । उनिहरुले चैं खुब पाल्या जस्तो । पुछारघरे गोपालले पोहोर साल आफ्नो बाउलाइ बृद्धाश्रममा राखेर आएको होइन ? उनीहरुका त अझ तीन भाइ छन् । उनीहरुलाइ खै कसले के भन्न सक्या छ ? समाजमा उतिकै इज्जत छ त उनीहरुको पनि ! मनिषा मान्ने पक्षमा देखिनन् ।

“छ इज्जत । अगाडि पो क्यै नभनेका । पछाडि कति कुरा काट्छन तिमीलाइ के था !”

“पछाडि त राजा महाराजाका पनि कुरा काट्छन् काटुन् न त काटेर के हुन्छ ?” मनिषा आफ्नो अडानमा टसकोमस भइनन् ।

“यस विषयमा छलफल भोलि गर्दा नि हुन्छ, अहिले चैं खाजा के छ लेउन साह्रै भोक लाग्या छ के !”
यति भनेर रमेश हात गोडा धुन बाथरुम भित्र पसे मनिषा भुतभुताउँदै किचनतिर लागिन् । हामी पनि लुसुक्क घरतिर लाग्यौं ।

उबेला छिमेकीको घरको करेसामा लुकेर यसरी भित्रको झगडा सुन्नुको मजा नै बेग्लै थियो ! आजकला त कहाँ…!

०००
हेटाैँडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x