साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पूजापाठ

हे भगवान, के बजाउनु अब । सात दस दिन छोरीकाँ के गाथेँ, सबै भताभुङ्ग बनाइदिसकेछन् । यस्तै हो प्रभु मैले मात्र गरेर के हुन्छ खै, कसैलाइ मतलब छैन ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

“ब्रम्हा मुरारी त्रिपुरान्तकारी
भानु शशि भुमि सुतो बुधश्चः
गुरुश्च शुक्र शनि राहु केतवः
कुर्वन्तु सर्वे मम सुप्रभातम्

हे प्रभु रक्षा गर । मेरा साढे सातीका दशा पनि कहिल्यै नसकिने भए । छोरा छोरी हुर्के बढे भने सुख पाइन्छ भन्थे । इस पाइन्छ सुख, नचाहिने कुरा । छोरी पराइघर गै हाली । छोरो जोइटिङ्ग्रे एउटा कुरा हाम्रो सुन्दैन । बुहारी फेरि काहीं नभाकL बाइफाले परिछ । कुरो भुइँमा खस्न नपाइ जबाफ फर्काउँछे । दिनभरि के जाति त्यो फेसबुक र टिकटिकमा झुन्डिन्छे । धुरीमाथि घाम आइसक्यो अहिलेसम्म उठ्या होइन । सधैं रात रातभर गुनगुन गुनगुन गरिरहेका हुन्छन । के गरेका हुन् कुन्नी ।

बुढी पनि त्यस्तै छे । यै बुढाको हाड घोटौं भन्ठान्छे । ए सीतेकी आमा, सीतेकी आमा लौन दुध के भयो हेर् उम्लेर जाला फेरि । कसैलाइ क्यै मतलब छैन यो घरमा । मैले नै उठेर कुँडो ख्वाउनु पर्छ, दुध दुहुनु पर्छ भकारो फाल्नु पर्छ । काटेर ल्याको घाँसधरि हाल्दिदैनन् मैले नभने । किला आए बाँध्ने थुना आए तान्ने छन घरका सबै यसरी कति दिन चल्छ ?

धुप काँ राखेर मरेछन् फेरि जत्ति खोज्छु भेट्दिन । ल हेर लाइटरमा नि ग्याँस सिद्या जस्तो छ । ठाँडो जत्ति गरे नि बल्दैन । ए सितेकी आमा, सलाइ ले त धुप बत्ति गर्नु पर्यो । ल हेर हेर, घण्टीको रालो पनि पो झारेछन् । शङ्खमा पनि कुमालकोटीले गुँड लाइसकेछ । हे भगवान, के बजाउनु अब । सात दस दिन छोरीकाँ के गाथेँ, सबै भताभुङ्ग बनाइदिसकेछन् । यस्तै हो प्रभु मैले मात्र गरेर के हुन्छ खै, कसैलाइ मतलब छैन ।”

“ए सीतेका बा, पूजा सकिया भए आउ है चिया बनार ल्याछु फेरि सेलाउला ।”
“सकिया छैन छोपेर राख्दे । सबैलाइ खानै बित्या छ ।”
ऋषिराम बिहान एक घण्टा पूजापाठ नगरि त चिया पनि खाँदैनन् ।

०००
हेटौंडा- ४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x