पुरूषाेत्तम सिग्देलअहा !! क्या फलानो !
भरी शिष्ट मुस्कान बोल्ने विनम्र मिलन्सार हुन्छन् न सानो भनिन्छ छ सम्मान उत्कृष्ट आदर्श भारी सबैको अहा !! क्या फलानो ! सुनिन्छ ।
पुरूषाेत्तम सिग्देल :
झुले छाइने काँस छानो बनिन्छ
फुले मासिने बाँस गानो कुइन्छ
अचेट्ने महाशक्तिवाला छ मूली
मियो देशको मुख्य रानो लिइन्छ
कुबाटो लिई अन्धझैँ बन्छ आफैँ
उही दोषभागी अखानो गनिन्छ
मुखाले र मैमत्त दम्भी छ बेसी
छुचो छुद्रमाको अचानो भइन्छ
युवा हो ! नच्याते वृथा यो जवानी
चिना लेखिने शुद्ध पानो बनिन्छ
उरन्ठेउलो ठान्छ आफू मपाईँ
बहिष्कार होला बिरानो चिनिन्छ
किरन्टोक लोभी सबैले बुझेको
छ कन्जूस कालो र कानो कहिन्छ
भरी शिष्ट मुस्कान बोल्ने विनम्र
मिलन्सार हुन्छन् न सानो भनिन्छ
छ सम्मान उत्कृष्ट आदर्श भारी
सबैको अहा !! क्या फलानो ! सुनिन्छ ।
०००
२०८३/६/५
Subscribe
Login
0 Comments
Oldest




































