साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुन्ड लागे कता मुख्य उत्तानु भाे

लाेभ भाँडाे भरी हुन्न कैल्यै पनि खान आखीर ता एक नै मानु हाे हुन्न गाेजी कुनै नाेट लाँदा चिता एक मुठ्ठी खरानी उडी जानु हाे ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

स्वप्न संसारमा तानिने तानु भाे
कल्पना लड्डुका घ्यू मुछी खानु भाे

चुप्प बस्नै दिँदै दिन्न कस्ताे नशा ?
लालसा राेगझैँ बल्झिने गानु भाे

गाथ भाे थर्थरी चित्त दाैडिन्छ झन्
द्रव्यमा पाैडिने राशिनै सानु भाे

धान खाने मुसाे चाेट खा भ्यागुताे
झुन्ड लागे कता मुख्य उत्तानु भाे

पालिए पाेसिए लाख लाखाैँ कति
कण्ठ भिर्ने फगत् रुद्रकाे दानु भाे

सिंहदर्बार ता घार माैरी न हाे
डाइँना घेर्दछन् एक्लिने रानु भाे

भन्छ लाै कानुनै भ्रष्टचारी न छाे
न्याय सन्देश ता लेखिने पानु भाे

लाेभ भाँडाे भरी हुन्न कैल्यै पनि
खान आखीर ता एक नै मानु हाे

हुन्न गाेजी कुनै नाेट लाँदा चिता
एक मुठ्ठी खरानी उडी जानु हाे ।

०००
२०८३/०४/०९ ।
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माेती

माेती

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x