ज्ञानुवाकर पौडेलकति अरूकै अन्ध-अनुकरण गर्छौ !
घर बनाउन त भव्य बनाएछौ तिमीले ! इज्जत पनि त्यो अब आफ्नो धाने पो !! व्यर्थै भयो सपना देख्नु पनि जीतको ! हाम्रो नियति त सधैंजसो हार खाने पो !!
ज्ञानुवाकर पाैडेल :
एक अर्कोलाई बिश्वसनीय ठाने पो !
मेरो अनुरोधलाई तिमीले माने पो !!
कति अरूकै अन्ध-अनुकरण गर्छौ !
खूबी आफ्नो पनि देखाउन जाने पो !!
गर्न छाडी कोही अरूको आलोचना !
बरू आफू नै उत्कृष्ट लेख्न जाने पो !!
सांच्चै ‘मायालाग्छ’ भने तिम्लाई मेरो !
आफ्नै बहिनी सम्झेर राखी बाने पो !!
घर बनाउन त भव्य बनाएछौ तिमीले !
इज्जत पनि त्यो अब आफ्नो धाने पो !!
व्यर्थै भयो सपना देख्नु पनि जीतको !
हाम्रो नियति त सधैंजसो हार खाने पो !!
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest




































