साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

सकिनै लाग्यो मेरो यो जीबन बहार सत्ते गर्दैछु म अझै पनि तिम्रो इन्तजार सत्ते नपाएर मैले कुनै दिन, न्यानो साथ तिम्रो- जिन्दगी यो मलाई लागिरहेछ बेकार सत्ते ।

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

१.
मुस्लिमलाई लाग्दो रहेछ कुरान प्यारो
हिन्दुलाई चाहिं लाग्दो रहेछ पुरान प्यारो
ईसाईले जतिसुकै मनपराए पनि बाइबल-
मलाई भने लागीरहेछ तिम्रै मुस्कान प्यारो ।

२.
सकिनै लाग्यो मेरो यो जीबन बहार सत्ते
गर्दैछु म अझै पनि तिम्रो इन्तजार सत्ते
नपाएर मैले कुनै दिन, न्यानो साथ तिम्रो-
जिन्दगी यो मलाई लागिरहेछ बेकार सत्ते ।

३.
सन्देहास्पद पो देखिन्छ यो देशको भविष्य हेरिराख
कस्तो देखिने हो अब यो मुलुकको परिदृष्य हेरिराख
सुशासन भन्दै राजस्व-दोहन पो गरेछन् नेताले देशको
जुर्मुराई जाग्दैछन् है फेरि जनताहरू अबश्य हेरिराख !

४.
भेटिन्छन् जो जो आजकल ती सब सारै दुःखी देखिन्छन्
आफ्नो हैसियतभन्दा बढी देखिन चाहेको सुखी देखिन्छन्
लिने गर्थ्यौं जो-जोसित शिक्षा सदाचार र नैतिक शिक्षाको
धाउने गरेको उनै पो मदिरालयमा लुकी लुकी देखिन्छन् ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x