साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यिक गोष्ठीमा विद्यालयहरू सम्मानित

परीक्षामा सहभागी विद्यार्थीमध्ये शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल माध्यमिक विद्यालयहरूको सम्मान गरिएकाे हाे ।

Nepal Telecom ad

स्याङ्जा । आँधीखोला गाउँपालिका वार्ड नं ६ फापरथुम स्याङ्जामा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठीको विशेष आकर्षणको विषय एस्.इ. इ.(कक्षा १०) तथा एस्. एल्. सी.(कक्षा १२) को परीक्षामा सहभागी विद्यार्थीमध्ये शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल माध्यमिक विद्यालयहरूको सम्मान थियो।

आनन्दआश्रम ज्ञान केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष टिकाराम ढकालले गर्नुभएको थियो। आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल प्रमुख अतिथि हुनुहुन्थ्यो । राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रममा उपसचिव खेमनारायण ढकालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो।

प्रमुख अतिथि विश्व पौडेलले “ग्रामीण क्षेत्रमा साहित्यिक तथा शैक्षिक उन्नयनको निम्ति आनन्दआश्रमले महत्वपूर्ण काम गर्दै आएको” कुरामा प्रकाश पार्दै सम्मानित माध्यमिक विद्यालयहरूलाई बधाई दिनुभयो ।

कार्यक्रममा खेमनारायण लामिछानेले मीठा कविताहरू वाचन गर्नुभएको थियो। उपस्थित माविका प्र.अ.मध्ये राष्ट्रिय मावि विचारी चौताराका प्र.अ. जगदीश पौडेल, जनहित माविका व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल ढकाल वडा नम्बर एकका अध्यक्ष पवनकाजी अधिकारी र वडा नम्बर ३ का अध्यक्ष शेरबहादुर कार्कीले आनन्दआश्रममा हुँदै आएका साहित्यिक गतिविधि तथा बौद्धिक उन्नतिका निम्ति भएका प्रयत्नहरूमा प्रकाश पार्दै सफलताको शुभकामना दिनुभयो । संरक्षक त्रिलोचन ढकालले संस्थाका क्रियाकलाप र योजनामा चर्चा गर्दै उपस्थित व्यक्तित्वहरू र सम्मानित माविहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

जनहित मावि आँधीखोला १ राजास्वाँरा, श्रवण मावि आँधीखोला ४ बाङ्सिङ्, जनप्रिय मावि आँधीखोला ४ कमेरे, रजस्थल मावि पुतली बजार १४ सतौँ, राष्ट्रिय मावि आँधीखोला ३ विचारी चौतारा हरूबाट २०८२ को एस्.इ. इ. (कक्षा १०) परीक्षामा सामेल सम्पूर्ण विद्यार्थीहरु उत्तीर्ण भएका थिए। आँधीखोला ३ बिचारी चौताराको राष्ट्रिय मावि मा भएको२०८२ को एस्.एल्.सी (कक्षा १२) परीक्षामा सामेल सबै विद्यार्थीहरु उत्तीर्ण भएका थिए। आँधीखोला ६ शारदा मन्दिरमाविका छात्रा मनिषा ढकाल २०८२ को एस्.इ.इ. (कक्षा १०) परीक्षामा गाउँपालिकामा सर्वोत्कृष्ट (४जीपीए) हुनुभएको थियो।

परीक्षामा यस्तो राम्रो परिणाम प्राप्त हुनुमा प्रधानाध्यापकहरू, शिक्षकहरू, वार्ड अध्यक्षहरू र व्यवस्थापन समिति लगायत विद्यालय परिवारको विशेष भूमिका रहेकोले उहाँहरूको उच्च मूल्याङ्कन गरी प्रमाणपत्रका साथ माध्यमिक विद्यालयहरूको सम्मान गरिएको थियो। कार्यक्रमका सभापति, प्रमुख अतिथि र संस्थापक संरक्षकद्वारा समर्पण गरिएको सम्मान- जनहित माविका प्र.अ.नवराज चापागाई, व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल ढकाल र वडा अध्यक्ष पवनकाजि अधिकारीहरूले ग्रहण गर्नुभएको थियो। त्यसैगरी जनप्रिय माविका प्र.अ.ईश्वर पौडेल, श्रवण माविका प्र.अ. हरिनारायण लामिछाने, रजस्थल माविका स.प्र.अ. इन्द्रमणि ढकाल, राष्ट्रिय माविका प्र. अ. जगदीश पौडेल, वार्ड अध्यक्ष शेरबहादुर कार्की र व्यवस्थापन समितिका अध्यक्ष दिवाकर पौडेल (दुवैमा) तथा शारदा मन्दिर मावि का प्र.अ. दोलराज ढकाल र व्यवस्थापन समितिका अध्यक्ष टिकाराम ढकालले ग्रहण गर्नुभएको थियो ।

अन्त्यमा, सभापतिले २०८३ भदौको कार्यक्रम तीज गीत प्रतियोगिताका रूपमा भाद्र २९ गते हुने जानकारी गराउँदै कार्यक्रम समापन भएको जानकारी गराउनुभयो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव दोलराज ढकालले गर्नुभएको थियो।

०००
त्रिलाेचन ढकालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x