साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबाआमाका अनुभव सिकौँ

न ठानौँ वृद्धा यी, महल घरका, दुर्जन हठ । तिनैले सिर्जेथे, सकुल रहने, मन्दिर मठ ।। जगत्का ऊर्जा यी, सब जन मिली, आदर गरौँ । बुबाका आमाका, अनुभव सिकी, सक्षम बनौँ ।।

Nepal Telecom ad

चेवनचन्द्र बस्नेत ठुलाघरे :

सुनौँला बस्तीका, सहर घरका, वृद्ध गुनिला ।
उनैका इच्छामा, मुखरित हुँदा, सिर्जित कला ।।
ब्युँताए जोगाए, अब मगजले, दुर्बिन खिपौँ ।
बुबाका आमाका, अनुभव सिकी, सक्षम बनौँ ।।१।।

बुबाले वर्षामा, अति रुझिभिजी, आर्जन गरे ।
हजारौँ पीडामा, नयन न रुझी, तागत भरे ।।
तपस्वी वृद्धाका, सिप गुण सुनी, तैरिन सिकौँ ।।
बुबाका आमाका, अनुभव सिकी, सक्षम बनौँ ।।२।।

परेरै भोगेरै, जब सब कुरा, जान्दछ भला ।
छ मान्छे बस्तीको, नव सृजनको, स्वर्णिम कला ।।
यिनै ती द्यौताका, प्रवचन मिठा, धारण गरौँ ।।
बुबाका आमाका, अनुभव सिकी, सक्षम बनौँ ।।३।।

न ठानौँ वृद्धा यी, महल घरका, दुर्जन हठ ।
तिनैले सिर्जेथे, सकुल रहने, मन्दिर मठ ।।
जगत्का ऊर्जा यी, सब जन मिली, आदर गरौँ ।
बुबाका आमाका, अनुभव सिकी, सक्षम बनौँ ।।४।।

न झर्कौँ बाबाका, वचन कसिला, देखिन गए ।
पचासौँ वासन्ती, मगमग रहे, उर्वर भए ।।
तिनैका ऊर्जा झन्, हतपत टिपी, सञ्चित गरौँ ।
बुबाका आमाका, अनुभव सिकी, सक्षम बनौँ ।।५।।

०००
धर्मदेवी नपा. ९, पुपाँगु, सङ्खुवासभा
हाल : काठमाडौँ
२०८३।०४।१९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x