साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै पाका मान्छे …

नसक्ने चिन्नै ती अबुझ मनुले देवी र द्यौताहरू । बुढापाका ज्ञानी हरसमयमा लाग्छन् सुबाटो बरु ।। सिकाए देखाए तरुण मनका बास्ना सुगन्धी निका । सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।।

Nepal Telecom ad

चेवन बस्नेत ठूलाघरे :

गुणी यी बाआमा झटपट उठी छन् काममा बेसरी ।
जुटेका धन्दामा तनमन सबै सन्तान जप्तै हरि ।।
बुढा झन् आफैमा सबल घरका हुन् खोचका देवता ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।।१।।

जमाना आशाका निशिदिन जुटे पारेर हल्का मन ।
पखाले पानीमा हरपल उतै माझेर सोझो पन ।।
यिनैका आशामा वरिपरि घुमेँ विश्वास आयामका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।।२।।

निसाना छातीका झटपट टुटे पर्दा कलेजी चिरा ।
टुटेनन् आकाङ्क्षा तर पनि सधैँ सम्झी पुराना हिरा ।।
बचाए सम्हाले पछिपछि हुने सङ्कष्टमा जीविका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।।३।।

पछार्दै गल्ती ती हरसमयमा ऊर्जा बटुल्दै खडा ।
गराए आफैमा विगत नभनी मान्छे बनाए कडा ।।
यही नै कोसेली मन र धनको पाका पुराना सखा ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।।४।।

नसक्ने चिन्नै ती अबुझ मनुले देवी र द्यौताहरू ।
बुढापाका ज्ञानी हरसमयमा लाग्छन् सुबाटो बरु ।।
सिकाए देखाए तरुण मनका बास्ना सुगन्धी निका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।।५।।

०००
धर्मदेवी न.पा. ९, पुपाँगु, सङ्खुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

चेवनचन्द्र बस्नेत
सासू र मुमा

सासू र मुमा

चेवनचन्द्र बस्नेत
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x