साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरामा ११४औं शृङ्खलासँगै भानुको सम्झना

वरिष्ठ स्रष्टा प्रतीक ढकालको प्रमुख आतिथ्य एवं सोही विद्यालयका प्राचार्य मातृका कार्की, संस्थाका सल्लाहकार छत्रभभूषंण दाहाल समेतको विशेष आतिथ्यमा सम्पन्न ।

Nepal Telecom ad

काठमाडौं । मनोहरा साहित्य समाजको ११४ औं शृङ्खला आदिकवि भानुको सम्झना तथा रचनवाचन सहित विश्वज्ञान पाठशालाको सभाकक्षमा आजै सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व, पूर्व प्रशासक एवं वरिष्ठ स्रष्टा प्रतीक ढकालको प्रमुख आतिथ्य एवं सोही विद्यालयका प्राचार्य मातृका कार्की, संस्थाका सल्लाहकार छत्रभभूषंण दाहाल समेतको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव भावकेशर बरालले बडो रोचक किसिमले गर्नुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा भानुभक्तको तस्वीरमा अध्यक्ष, प्रमुख तथा विशिष्ट अतिथिहरूले पुष्पगुच्छा अर्पण गरेपछि संस्थाका अध्यक्ष अर्यालले प्रमुख अतिथि लगायत सबै अतिथि एवं स्रष्टाहरूलाई स्वागत गर्नुभएको थियो भने स्वागतपछि आदिकवि भानुभक्तमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनकै विविध छन्द र विविध प्रसङ्गका रचना वाचन गरी रचनावाचन कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

रचना वाचन शृङ्खला प्रारम्भ भएलगत्तै स्रष्टाहरू मकुन्दराज शिवाकोटी, बलराम बिष्ट, मान्यता कार्की, आल्फी फोहेन फाक्लुप्पा, भावना न्यौपाने, एम के पराशर, अप्सरा पोखरेल, टीका मिलन, सम्पत् काफ्ले, केशव ज्ञवाली, कृष्णप्रसाद पौड्याल, धरणी धनञ्जय, चेवन बस्नेत, बाबुकाजी कार्की, पदम दाहाल, दुर्गा घिमिरे, छविलाल अधिकारी, टि. पि. बराकोटी, सूर्यप्रसाद डुम्रे, जि के एन खडेरी, भावकेशर बराल, भालचन्द्र भण्डारी लगायतका स्रष्टाहरूले बडो मधुर लयका रचना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गीत छन्द, मुक्त छन्दका कविता, गजल प्रस्तुत गरिएका थिए । कार्यक्रमको अन्त्यतिर विशिष्ट अतिथि छत्रभूषंण दाहालले कार्यक्रमको रोचक र उपलब्धिमूलक तथ्यबारे बोल्नुभयो भने प्रमुख अतिथि एवं सुपरिचित स्रष्टा प्रतीक ढकालले कार्यक्रमको भव्यता र कविहरूका भावना, साहित्यको महत्त्वबारे चर्चा गर्दै स्रष्टाले सिर्जनामा र प्रस्तुतिमा पनि नकारात्मक भाव ल्याउनै नहुने कुरा स्पष्ट पार्नुभएको थियो ।

कपिल अर्याल, गीता कार्की, कृष्णबहादुर खड्का, दिलनाथ चौलागाईं ई. चिरञ्जीवी रेग्मी, सीताराम खतिवडा लगायतका सभ्य श्रोताहरू रहेको सो कार्यक्रमको अन्त्यमा संस्थाका उपाध्यक्ष जसध्वज गुरुङले एउटा मधुर गीतको प्रस्तुतिसहित सबै अतिथि एवं सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै सभाध्यक्षको अनुमतिले कार्यक्रमको समापन गर्नुभएको थियो ।

स्मरणीय छ मनोहरा साहित्य समाजले हर स्रष्टाको एउटा मात्र भूमिका र एकपटक मात्र उभिने परम्परा कायम गरेको छ ।

०००
डिल्लीराज अर्यालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x