साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

हरेक करतुतको हिसाब राखेको छु हरेक सवालको जवाब राखेको छु तिमीसित ढुङ्गा छ, ढुङ्गैले हानौला मैले भने हान्नलाई गुलाब राखेको छु ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
समयले हाहाकारी सङ्गीत बजाउन त बाँकी नै छ
परीक्षकले चुनौतीको प्रश्न बनाउन त बाँकी नै छ
साहसको डोरी अलि बलियोसित बाटेर बस् समर्थन
जीवनमा अझै दुःखको घडी आउन त बाँकी नै छ ।

२.
जीवनलाई जीवनामृत मानेर पिउन खोज्दा
मक्किएका पलहरूलाई रफु गरेर सिउन खोज्दा
‘जा समर्थन, बाँच् आफ्नो जिन्दगी’ भनेन जिन्दगीले
जीवनलाई फगत् जीवनजस्तै बनाएर जिउन खोज्दा ।

३.
दिउँसै अँध्यारो पार्छन् र उज्यालालाई रुवाउँछन्‌
यी ती जनावर हुन् जो कान्जीहाउसमा सुहाउँछन्‌
यी बहुरूपियाहरूको अनुहारमा भर नपर्नुस् महोदय
पहिले खुन बगाउँछन् अनि गोहीका आँसु चुहाउँछन् ।

४.
हरेक करतुतको हिसाब राखेको छु
हरेक सवालको जवाब राखेको छु
तिमीसित ढुङ्गा छ, ढुङ्गैले हानौला
मैले भने हान्नलाई गुलाब राखेको छु ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
बेलाकाे बाेली- १६८

बेलाकाे बाेली- १६८

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x