रामकृष्ण ढकालधन्यवाद हुजुर
आफ्नो धोती लगौंटी आफैं जानीजानी फुकालेको जस्तो यहाँ पनि हुन्छ नि फेरि ?!

रामकृष्ण ढकाल :
गाउँमा आधुनिक कृषिका अनेक प्रयासहरू चलेका थिए । खेतिबाली र पशुपन्छी पालिका दुवै बिधा विभिन्न उपविधाहरूका साथ उन्नित गरिरहेका थिए । साथमा लेखन अध्ययनको साहित्यिक गतिविधि पनि चलेकै थियो – वर्ष भरिमा झन्डै दुईवटा कार्यक्रम गर्दै ।
ग्रामीण वाङ्मय समाजको जरुरी बैंकक चल्दै गर्दा बैठक कोठाको ढोका बन्द गर्न कुनै मूर्धन्य विद्वत्वरले पनि ध्यान दिएनछन । संयोगले कतैबाट एउटा ग्राम- बराहको पाठो दौडदै त्यही कोठामा पस्यो । ढाडको सेतो भुत्लामा रातो रातो चारवटा थोप्ला भएको त्यो ग्राम- बराहको पाठोलाई देख्नेबित्तिकै बैठक गरिरहेका सबै मान्य विद्वतवरहरू जर्याकजुरुक उठे र जय शब्दसित देशको नाम जोडेर हात उठाउँदै सम्मान प्रकट गरे । कसैले भने – आउनुस् हजुर आउनुस् । हजुर पनि हाम्रै दलको हुनुहुँदोरहेछ, कृपया यता कुर्सिमा हामीसँगै आसन ग्रहण गर्नुस् । बरू कति कामले हाम्रो समाजको यस्तो महत्त्वपूर्ण बैठकमा पाल्नुभ्यो ? विचरो ग्राम-बराहको पाठो न पर्यो, आफ्नो च्वाँचे आवाज अलिकति छोडेर फेरि बाहिरै दगुर्यो ।
करिब दुई घण्टापछि विद्वानहरू बैठक सिद्ध्याएर घरजाँदै गर्दा अल्लिपर बाटोमा एउटा किसानको परिवारले एकजना दक्षिणी सिमानापारिबाट आएको एउटा कवाडी सङ्कलकसँग विवाद गर्दैरहेछ । पान खाएर हाम्रो च्वाँचेको ज्यानमा थुक्ने ? हामीलाई हेपेको ? हामीले केही बुझेको छैन भनेको।? तिमीहरूको त सिङ्गै देश नै त्यही च्वाँचेजस्ता रङ्गकाले निलेको थियो अनि तिमीहरूले तिनै च्वाँचेजस्ता रङ्गकालाई कतिसय वर्षसम्म मालिक भनेर खुट्टा ढोग्यौ । अहिले आएर आफ्नै भूतपूर्व मालिकजस्तो रङ्गकोलाई पान खाएर पिच्च थुक्ने ?
हामी कहाँ जानीजानी गरेछु त हजुर ! हामी यस्सो थुक्दैथियो त त्यो बच्चा अचानक त्यहिँ आइपुग्यो । अनि त त्यसको ज्यानमा परिहाल्यो । माफ गर्नुस हुजुर हामीबाट बहुतबडा गल्ती भयो । अर्को पटकदेखी यस्तो हुँन्दैन हुजुर । धन्न यो एउटा चाहिँ हाम्रो देशमा छिरेर यहाँको सङ्गतमा परेकोले आफ्नो गल्ती स्वीकार गरेर माफी माग्यो । यसको देशको शासकहरूको भने यसको जत्ती बुद्धि पनि छैन गल्ती गरेपछि माफी मागेर गरेको गल्तिपनी सच्याउनु पर्छ भनेर बुझ्ने !?
तिनीहरु त जानी जानी अनेक जघन्य अपराधिक गल्ती गरिरहने अनि गल्ती गरिस सच्या भन्योभने मानिसको भाषा कत्तिपनी नबुझ्ने जनावरले जस्तो अटेरी व्यबहार गर्ने ?! माफ पाउँ भनिहाल्यो लल एक पटकलाई जा । अर्कोपटक पनि यस्तै भयो भने तिमीहरूको देशको सरकारहरूले आफ्ना छिमेकीहरू सितको अनेक व्यवहारबाट आफ्नो धोती लगौंटी आफैं जानीजानी फुकालेको जस्तो यहाँ पनि हुन्छ नि फेरि ?!
हुन्छ हुजुर, हुजुरले एकदम सहि बात भन्नुभएछ । हस धन्यवाद हुजुर । उता यो सबैकुराको श्रोता बनिरहेका स्वघोषित मूर्धन्य विद्वानहरू जिल्ल परेका देखिए- कसरी बनेको हाम्रो दलको झण्डाको सङ्केतलाई केहिबेर अघि सम्मान गरिएछ भनेर ?!
०००
२०८३ जेठ २७
चितवन ।
Subscribe
Login
0 Comments
Oldest








































