साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँसो !

हाँस्छन् मूर्ति समस्त देवल जहाँ देखेर ढोँगी बरु । भोग्दै व्यङ्ग तथा यथार्थ घटना संसार यो बाँच्दछ ! हेर्दै सौम्य धरा अहा प्रकृतिमा स्रष्टा स्वयं हाँस्दछ ।

Nepal Telecom ad

हाेमनाथ घिमिरे :

छानाे हाँस्छ बलिन्द्र अश्रु दहमा बर्सादको रातमा ।
मानो हाँस्छ अभावका कहरमा सामर्थ्यको घातमा
भित्तो हाँस्छ बनौट रुग्ण घरको चर्केर गाह्रो जब ।
रित्तो हाँस्छ अघोर क्रन्दन सधैँ दर्केर पीडा सब ।

हाँस्यो हात यहाँ विना इलमका हाँस्छन् दुबै पाखुरा ।
हाँस्यो गाउँ समाज देश दुनियाँ हाँस्छन् हिमाली धरा ।
बाँझो खेत सदैव हाँस्छ मरुझैँ ढाकेर झाडी अब ।
हाँस्यो फाँट गरा विना श्रम हुँदा छैनन् कुनै उत्सव ।

ऐना हाँस्छ मुहार देख्छ धमिलो आयो बुढ्यौलीपन ।
हाँस्छन् वस्त्र; शरीर छैन कपडा सर्वाङ्ग नाङ्गो तन ।
जुत्ता हाँस्छ फुटेर रक्त बहँदा लाचार गोडाहरू ।
गोजी हाँस्छ सदैव रिक्त छ कठै हाँस्छन् भिखारी बरु !

हाँस्यो कानुनका किताब अहिले देखेर दोषी खल ।
हाँस्यो तर्क सुनेर विज्ञ जनको ढोँगी बिहोसी दल ।
हाँस्दैछन् जनता हरेक दलमा देखेर लोभीपन ।
हाँस्दैछन् दुनियाँ प्रपञ्च छलका भेटेर स्वार्थी जन ।

सीमा हाँस्छ हरेक रात कसरी सर्दैछ आँठो अब ।
पुर्खाका बलिदान रक्त पसिना हाँस्दैछ त्यो गौरव ।
हाँस्दैछन् इतिहास राष्ट्र गरिमा बेचेर खाएपछि ।
नेपाली जन देख्छ; हाँस्छ दुनियाँ आस्था गुमाएपछि ।

हाँस्छन् न्याय; निसाफ छैन अहिले निर्लज्ज दोषीहरू।
हाँस्छन् मूर्ति समस्त देवल जहाँ देखेर ढोँगी बरु ।
भोग्दै व्यङ्ग तथा यथार्थ घटना संसार यो बाँच्दछ !
हेर्दै सौम्य धरा अहा प्रकृतिमा स्रष्टा स्वयं हाँस्दछ !

०००
चितवन
असार १, २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x