फित्काैली डटकमकर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङकाे ६२ औँ कार्यक्रम
संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित प्रा.डा. वरिष्ठ कवि जीवन अधिकारी, विशिष्ट अतिथि डा.बमबहादुर थापा जिताली ज्यूको गरिमामय उपस्थिति थियाे ।
काठमाडाैं । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ६२ औँ प्रविधिमैत्री स्वतन्त्र विधा १०८ औँ राष्ट्रकवि माधव घिमिरे जयन्ती विशेष कविगोष्ठी भव्य किसिमले सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित प्रा.डा. वरिष्ठ कवि जीवन अधिकारी, विशिष्ट अतिथि डा.बमबहादुर थापा जिताली ज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
लमजुङको प्रवेशद्वारमा रहेको साहित्यिक संस्थाले आयोजना गरेको कविगोष्ठीमा छन्द, स्वच्छन्द, सुसेली, मुक्तक, चारु, लोकछन्दका कविता रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गरे । राष्ट्रकवि माधव घिमिरेका सिर्जना वाचन गरे । रचना देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका वाचन गरेका थिए ।
यस गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्ने सर्जकहरू निम्न अनुसार रहेका छन् । १) जीवन अधिकारी – असारे झ्याउरे – मेरो द्यौता ।
२) बमबहादुर थापा जिताली – मन्दाक्रान्ता – धन्य तिम्रो हियारा । ३) कलानिधि दाहाल – अनुष्टुप् – श्रद्धा सुमनका मुना । ४) देवी पन्थी – लोक छन्द – मान्छेको भीड । ५) पुरुषोत्तम सिग्देल – स्रग्विणी – माधव । ६) गङ्गा लिगल – स्वच्छन्द – आकाङ्क्षा । ७) गणेश आत्रेय – मात्रिकछन्द ललित – पर जा । ८) दुर्गाप्रसाद सिग्देल – मात्रिकछन्द द्विपदी – वयको मेला । ९) जगदीश्वर पोखरेल – स्रग्विणी – राष्ट्रका सर्जक । १०) कृष्णप्रसाद मिश्र – सुधाकलश –प्रियवर जिन्दगी । ११) चूडा निर्भीक – मञ्जुला – समाज । १२) पवनकुमार बुढाथोकी – मुक्तक । १३) ललिता खरेल – स्वच्छन्द – ए बूढी ।
त्यसैगरी १४) दुर्गाप्रसाद अधिकारी भँमरकोटे – सुसेली – राष्ट्कविको अडियो । १५) हरिखनाल – शुभकामना । १६) घनश्याम पौडेल – स्रग्विणी – राष्ट्रकवि प्रति । १७) खुसीराम डौलिया – स्वच्छन्द – झझल्को । १८) वीरबहादुर लोहनी – सवाई – जन्मदाता मातापिता । १९) जानुका थापा – असारे झ्याउरे – सम्झनामा राष्ट्रकवि । २०) लक्ष्मीप्रसाद मिश्र – सुसेली – राष्ट्रकविलाई सम्झिदा । २१) सुधा बाँस्कोटा ढकाल – ललना – वर्षा । २२) बिनुबाबा घिमिरे – दिक्पाल – आगो निभ्यो चुह्लोमा । २३) भोजराज न्यौपाने – अनुष्टुप् – ज्येष्ठ नागरिकको पीडा । २४) नवराज पौडेल – स्वच्छन्द – अनाम पीडा । २५) सुरेशचन्द्र घिमिरे – असारे झ्याउरे – राष्ट्रकविको सम्झना । २६) रामकृष्ण अधिकारी – शुभकामना र राष्ट्रकविको सिर्जना । २७) युवराज घिमिरे – शुभकामना । २८) चन्द्रावती अधिकारी – शार्दूलविक्रीडित – पुस्तुने । २९) युवराज कोइराला – शुभकामना । ३०) धनराज डौलिया – शुभकामना । ३१) डि. बी. कार्की – शुभकामना । ३२) कल्पना भट्टराईं – शार्दूलविक्रीडित – श्रद्धाञ्जलि वन्दना।
प्रमुख अमन्त्रित अधिकारीले कर्मदा सिर्जना मञ्च नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नु भयो । कर्मदालाई शुभकामना व्यक्तगर्नु भएको थियो । राष्ट्रकविले साहित्यमा गरेको योगदानको चर्चा गर्नु भयो । ऋतम्भरा महाकाव्यबाट केही पद्य वाचन गर्नु भयो ।
वाचित कविताको संक्षिप्त समीक्षा गर्नुभएको थियो । अभ्यासले सिर्जना खारिदै जान्छन् भन्नुभएको थियो । अध्यक्ष जगदीश्वर पोखरेलले गोष्ठीको संयोजन गर्नु भएको थियो ।
संस्थाको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाई दिनु हुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिदै समारोह समाप्त भएको घोषणा गर्नु भएको थियो ।
०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































