साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट के मा ?

बोलीमा अहिले घमण्ड कसको चढ्दैछ यो देशमा ? स्वार्थी दम्भ विकार सोच कसको बढ्दैछ यो देशमा ! धम्की त्रास दिएर नित्य जनमा को दिन्छ झन् वेदना ! जान्नै पर्दछ सत्य यो मत दिँदा को चोर को सज्जन !!

Nepal Telecom ad

होमनाथ घिमिरे :

उम्दा प्रश्न ग-यौ; भविष्य अबको के हुन्छ छन् संशय !
छैनन् प्रष्ट विचार कत्ति दलको खोज्दैछ आफ्नै जय ।
होला को सरकारभित्र अबको नेतृत्व गर्ने जन ।
कस्तो सोच लिएर बढ्छ पथमा को चोर को सज्जन ।

चिन्ता धेर बढ्यो विचार मतको हाम्रो कतै सम्मति ।
होला है पछुतो विचार नहुँदा धोका अझै सन्तति ।
सुन्छौँ आज यहाँ विभिन्न थरिका बोली तथा चिन्तन ।
छुट्टिन्नन् सहजै तसर्थ अहिले को चोर को सज्जन ।

चाहे देश रहोस् नहोस् पनि कतै भन्नेहरू छन् यहाँ ।
चाहे भेष रहोस् नहोस् कति अझै ठान्नेहरू छन् यहाँ ।
आफ्नै स्वत्त्व बचाउँदै मुलकको आस्था हुने सज्जन ।
आफ्नै गौरवका सुकीर्ति सजिलै मेट्नेहरू दुर्जन ।

मेरो देश भनेर गर्व कसले गर्दैछ ऐले यहाँ ।
नेपाली हुनुमा सहर्ष कसले भर्दै प्रतिष्ठा जहाँ ।
चिन्ता गर्छ यहाँ बुझेर जसले यो राष्ट्रको अस्मिता !
सत्ता स्वार्थ कदापि छैन जसले भुल्दैन माता पिता !

बोलीमा अहिले घमण्ड कसको चढ्दैछ यो देशमा ?
स्वार्थी दम्भ विकार सोच कसको बढ्दैछ यो देशमा !
धम्की त्रास दिएर नित्य जनमा को दिन्छ झन् वेदना !
जान्नै पर्दछ सत्य यो मत दिँदा को चोर को सज्जन !!

०००
भरतपुर, चितवन
१८ माघ २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x