अरुणबहादुर खत्री ‘नदी’विमोचन कार्यक्रम
तर विमोचन कार्यक्रममा कार्यव्यस्तता भन्दै मन्त्री आएनन् र टेलिभिजन क्यामरा पनि देखिएनन् । विमोचन एक जना वृद्ध साहित्यकारका हातबाट नै भयो ।

अरूण नदी खत्री :
साहित्यकार रामप्रसादले आफ्नो कथासङ्ग्रहको पाण्डुलिपि तयार गरेर अग्रज साहित्यकारहरूलाई लगेर देखायो र भूमिका लेख्न आग्रह गरेर आफ्नो कथा सङ्ग्रह प्रकाशित गर्यो अनि विमोचनको कार्यक्रममा उसको कृतिको चर्चाका लागि उसले एकजना मन्त्रीलाई गएर भेटेर भन्यो – “हजुरले मेरो कथासङ्ग्रहको प्रमुख अतिथि बनेर विमोचन गरिदिनु पर्यो !”
मन्त्रीले “म तपाईंहरू जस्तो कथा कविता लेख्ने साहित्यकार परिन तपाईंले आफ्नो कथा सङ्ग्रहको निम्ति वरिष्ठ साहित्यकारलाई भेटेर यो कुरा भन्नुभएमा धेरै राम्रो हुने थियो” भने ।
“हजुर मन्त्री हुनु भएकोले विमोचन गरिदिनु भयो भने विभिन्न ठाउँबाट टेलिभिजनहरू आएर हाम्रो कार्यक्रम खिंचेर समाचारमा देख्न पाइन्थ्यो” कृतिका लेखक रामप्रसादले भने ।
“तपाईंले वरिष्ठ साहित्यकारलाई आफ्नो पुस्तकको विमोचन गराउन बोलाउनु भयो भने पनि टेलिभिजन आएर खिंचिहाल्छन् नि !” मन्त्रीले भने ।
“अहिले राजनीतिक द्वन्द्व चलेको युगमा देशका राजनीतिक व्यक्तिहरूको कार्यक्रममा मात्र टेलिभिजनहरू पुगेको हामीले देखेका छौंं” कृतिका लेखक रामप्रसादले भने पछि मन्त्रीले विमोचन गर्न स्वीकार गरे । तर विमोचन कार्यक्रममा कार्यव्यस्तता भन्दै मन्त्री आएनन् र टेलिभिजन क्यामरा पनि देखिएनन् । विमोचन एक जना वृद्ध साहित्यकारका हातबाट नै भयो । यसको खबर कतै पनि प्रकाशित प्रचारित नभएको देखेर लेखक रामप्रसाद पुर्पुरोमा हात राखेर झोक्रिए !
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































