साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्वास !

बोल्दैनन् जनता भनेर कसरी विश्वास मात्रै छरे ! झूटो भाषणले सदैव जनका आशा सदिच्छा भरे । आफ्नैनिम्ति गरेर निर्णय सबै, खोक्रो बनाए जब । आयो यो मतदानबाट नतिजा छर्लङ्ग हो वास्तव ।

Nepal Telecom ad

होमनाथ घिमिरे :

सत्ता सोच हिजो समान नहुँदा आयो ठुलो दुर्दिन ।
भ्रष्टाचार बढ्यो जहाँ विकृतिले आकाश लाग्यो छुन !
जेन्जी वर्ग उठ्यो विरोध यसमा नेपाल जल्दै गयो ।
सत्ताच्यूत भयो निरङ्कुश स्वयं अस्तित्व ढल्दै गयो ।१।

वर्षौँ वर्ष बसेर किन्तु तिनले यो देश लुट्दै गए !
स्वार्थी मात्र बनेर दोहन गरे सर्वस्व लुट्दै रहे ।
बोली सम्म सुनेन निर्धन थिए पीडा समस्या जब ।
ज्वालातुल्य विरोध देशभरमा बढ्दै गयो वास्तव ।२।

बोल्दैनन् जनता भनेर कसरी विश्वास मात्रै छरे !
झूटो भाषणले सदैव जनका आशा सदिच्छा भरे ।
आफ्नैनिम्ति गरेर निर्णय सबै, खोक्रो बनाए जब ।
आयो यो मतदानबाट नतिजा छर्लङ्ग हो वास्तव ।३।

फर्किन्नन् जनता कदापि अबता, राम्रो नयाँले गरे !
फस्दैनन् दलका मिठा वचनमा, धोका पुराना भरे ।
खोज्दैछन् अब रोजगार सबले शिक्षा तथा स्वास्थको ।
जिम्मेवार बनेर बनेर राष्ट्र जनता अस्तित्व राख्नू छ यो ।४।

गाह्रो पर्छ अवश्य किन्तु सबले सङ्कल्प यौटै गर ।
मान्छेभित्र नयाँ अठोट मनमा विश्वास आशा भर ।
आफ्नो राष्ट्र बचाउने समय हो छोडेर सारा कुरा !
पुग्नैपर्छ अदम्य साहस सँगै गन्तव्यका टाकुरा ।५।

सक्छौँ गर्न विचार उच्च रहँदा सम्पूर्णमा एकता ।
उम्दा चिन्तन योजना मुलुकमा जानेर सम्भाव्यता।
साह्रै क्षुब्ध समाज देश जनता उत्साह नौलो भरौँ !
छोडौँ आग्रह तिक्तता हृदयका, नेपाल भन्दै मरौँ !६।

सत्तामात्र चलाउने किसिमको यो हैन निर्वाचन ।
मुद्दा खास यहाँ परिस्थिति नयाँ गर्दैछ उद्बोधन ।
मौका आज दिए समस्त जनता नेता युवाको मत ।
आओस् बुद्धि विवेक कर्म गतिलो होस् मार्ग नौलो रत !७।

०००
भरतपुर चितवन
२३ फागुन, २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x