साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हात्ती पाटी

“सबै माछाको स्वाद उस्तै थियो । माछा नदिनेलाई भोट दिऔँ । इमानको भोटको मूल्य बढी होला ।” सुलसुले घुरनजिक पुग्दा आगो निभिइसकेको थियो ।

Nepal Telecom ad

सञ्जय साह ‘मित्र’ :

चुनावकै दिनको कुरा हो । खरिहानको घुरमा चार यार चिया चिया खाँदै थिए । रातभर उम्मेदवार र तिनका अह्रौटेहरूले सुत्न दिएका थिएनन् । सात बज्न केही समय बाँकी रहेको भए पनि चारै जनाले लिइरहेको चियाको चुस्कीमा हतारको छनक थिएन । कुनै बेला मतदान गरिएला हैनभने मत दान ।

“तिमी कुन पाटीलाई भोट दिन्छौ ?” एकले जिज्ञासा राख्यो ।

“हात्ती पाटीलाई” अर्कोले उत्तर दियो । चुनावमा हात्ती पाटी नामको कुनै दल उम्मेदवार थिएन तर सबैले कुरो बुझे । बुझेर झन् अलमल भए ।

“कुरो त क्लियर गर्नुपर्छ नि । अहिलेसम्म हामीले सल्लाहैले मतदान गरेका छौँ । मान्छेको अनुहार हेरेर, राम्रो लाग्नुपर्छ कि हाम्रो काम गर्ने हुनुपर्छ । हात्ती त सबैले दिएका छन् ।” तेस्रोले गम्भीर हुँदै निष्कर्ष खोजे ।

चौथोको पालो बाँकी थियो । संस्कृतिअनुसार बोल्यो “नुनको गुन तिर्नुपर्ने तर हात्तीको मत्ति बिग्रेपछि जहाँ पनि पस्छ अनि कुरो फस्छ ।”

तेस्रोले चियाको गिलास घुरमै फाल्यो । दोस्रोले “यो जलेपछि यसको धुवाँले हामीलाई नै नोक्सान पार्छ” भन्दै झिक्यो । गाँठो परेको कुरो फुकाउने बाटोतिर संकेत गर्दै बोल्यो “माछोको मुख पसेको हात्ती, माछाको गालामा पसेको हात्ती र माछासँगै सुतेको हात्ती । कुन हात्ती हाम्रो नजिक छ ?”

पालो पहिलोको थियो बोल्ने । उसले तेस्रोलाई संकेत गरेपछि तेस्रोले भन्यो “कसले मुखमा, कसले गालामा र कसले कहाँ कोचेर हजारको नोट दियो भन्ने होइन । कोही जितोस् कि हारोस् । पैसा माछालाई वाहक बनाई बाँड्यो । हामीले कस्को इज्जत राख्ने ? कि आफ्‌नै तरिकाले जाने ?”

एउटा सुलसुले कान ठाडो पार्दै आफूहरूतिर आइरहेको पहिलोले देख्यो । पहिलोले हतारमा निष्कर्ष सुनायो –“सबै माछाको स्वाद उस्तै थियो । माछा नदिनेलाई भोट दिऔँ । इमानको भोटको मूल्य बढी होला ।”
सुलसुले घुरनजिक पुग्दा आगो निभिइसकेको थियो ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x