साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुत्ताभक्ति

एउटा कुत्तालाई चित्त बुझेन । त्यस कुत्ताले आफूले पालेको मानिसलाई आफ्नै लात्तले हिर्कायो । अर्को कुत्ताले पनि त्यसै गर्यो । मानिसको लात्ती खाएका दुवै मानिस दुःखी थिए तर मालिकले दिएको लात्तीले सुखको अनुभूति गरे ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

एउटा गाउँमा एउटा कुत्ताले मान्छे पाल्यो । कुकुरले चाहिँ भक्त मान्छे चाहेको थियो । कतैबाट आउँदा कुत्ताले मान्छेको प्रेम खोज्थ्यो । कुत्ता अलिक सम्पन्न थियो । मानिसले कुत्तालाई खुसी पार्न सकेको दिन आफ्नो गाडीमा घुमाउन लैजान्थ्यो । रेस्टुराँमा खाना पनि खुवाउँथ्यो ।

छिमेकी कुत्ताले पनि मान्छे राख्यो ।

गाउँको दुई कुत्ता परिवारमा मान्छे राखिएपछि मान्छेबिच चिनजान भयो । कुकुरहरुले विचार गरे – मान्छेबिच चिनजान बढ्न दिनु हुँदैन ।

दुवै छिमेकीले मानिसलाई एक ठाउँमा राखेर अह्राए – ‘आ–आफ्नो लात्तीले मानिसको मुखमा हिकाऊ ।’

मालिकसित प्रश्न गर्ने साहस भएन मानिसमा । एकले अर्कालाई जोरले मुखमा हिर्कायो लात्तीले । कुत्ताहरु खुब खुसी भए । र, एकचोटि फेरि हिर्काउनलाई भने अर्को लात्तीले । मानिसहरुले त्यसै गरे ।

एउटा कुत्तालाई चित्त बुझेन । त्यस कुत्ताले आफूले पालेको मानिसलाई आफ्नै लात्तले हिर्कायो । अर्को कुत्ताले पनि त्यसै गर्यो ।

मानिसको लात्ती खाएका दुवै मानिस दुःखी थिए तर मालिकले दिएको लात्तीले सुखको अनुभूति गरे ।

भनिन्छ, त्यही दिनदेखि मानिसको गाला पक्क फुलेको हो रे ।

०००
राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x