साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राज्ययन्त्र

युवा वर्ग हाम्रो बनोस् मेरुदण्ड सहारा नमिल्दा बने खण्ड खण्ड युवाले जलाए खुशी भित्र भित्र कताबाट चल्दै छ यो राज्ययन्त्र ? ॥

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

उठोस् राष्ट्र भन्ने र उद्योग गर्ने
पुँजी देश पाखा गरामा विचर्ने
उनैमाथि हान्ने बन्यो दुष्टतन्त्र
हटोस् दुष्ट बानी हुने राज्ययन्त्र? ।।१

सबै खेत बारी धितोमा चढाए
दिने दुष्ट बन्दा निराशा पलाए
छ सर्कार ढाँगी सदा हान्छ अस्त्र
लुटेराहरूको भयो राज्ययन्त्र? ॥२

बने उद्यमी यी खुशी साथ पैले
निराशा उदायो जल्यो देह ऐले
लिने मात्र गर्छन् दिँदैनन् कुपात्र
डसी मात्र राख्ने सदा राज्ययन्त्र ॥ ३

थिए दिव्य आशा सबै ‘प्रेम’ भित्र
भयो के भयो के यहाँ के विचित्र
छ बोल्दैन कस्तो छ सर्कार यन्त्र
लुट्यो राज्य कोषै खुनी राज्ययन्त्र ? ॥४

भताभुङ्ग पारी डुब्यो अर्थ पाटो
जता जान्छ यात्रा उतै बन्द बाटो
दिने छैन आधार टेवा सुपात्र
उसैको रजाई छुसी राज्ययन्त्र? ।।५

युवा वर्ग हाम्रो बनोस् मेरुदण्ड
सहारा नमिल्दा बने खण्ड खण्ड
युवाले जलाए खुशी भित्र भित्र
कताबाट चल्दै छ यो राज्ययन्त्र ? ॥६

०००
सन्तोषीनगर, २०७९ माघ १४
पद्यहार कवितासङ्ग्रह (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x