साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्पताल ओपिडी र दुर्दशा

घुम्छ कुर्सी उता मख्ख आफैं किन बन्छ यो जागिरे केन्द्र भर्ती किन बृद्ध बाला तथा निम्न जो आयको छैन बाँच्ने पला के दशा हाय यो ?

Nepal Telecom ad

घनश्याम रेग्मी :

दृश्य नौला थिए ठाउँ नौलो थियो
देखियो जे अवस्था उही लेखियो
धेर अग्ला निजी अस्पतालै बने
औषधी गर्न जिम्मा उतै सुम्पिने ।१

हेरचाहा निकै गर्दछन् झन् तिनै
ख्याल गर्छन् बढी रोग खुट्याउनै
राज्यको के भयो हाल यस्तो हरे
लाग्दछन् ती निकम्मा सबै आज रे ।२

कर्म गर्ने ढिलो पुग्छ सर्कारको
काम ता राज्यको हो कि यस्तै अहो
हुन्छ झर्को र फर्को निकै काममा
लाग्न पर्ने बिहानै यता लाममा ।३

उत्तिकै फोहरो ठाम बस्ने पनि
हुन्छ ताँती कठै नाम लेख्ने पनि
बित्छ बेला यसै पर्खँदा पर्खँदा
भोलि आऊ अरे हेर्न ता सूचना ।४

ब्यक्ति मोटाउने राज्य दुब्लाउने
रोगको यो व्यथा हो कि बल्झाउने
देश हाम्रो यसैले नबन्ने भयो
खोज्न अर्को यता लौ नपर्ने भयो ।५

औषधी लेखिने किन्न जा बाहिर
बात गर्नाकनै देखिने माहिर
छैन सेवा गरौँ भावना रत्तिभर्
छैन पैसा भने तेत्तिकै जा र मर् ।६

घुम्छ कुर्सी उता मख्ख आफैं किन
बन्छ यो जागिरे केन्द्र भर्ती किन
बृद्ध बाला तथा निम्न जो आयको
छैन बाँच्ने पला के दशा हाय यो ? ७

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x