साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गौरवको त्रिकोण

​बाजेले सानीको काँधमा हात राखे; "हरेक पटक जब यो हावामा फहराउँछ, तब बुझ्नु, यो कुनै हल्ला होइन, यो स्वतन्त्रताको सङ्गीत हो । आज हामी त्यसैको सम्मान गर्छौं ।"

Nepal Telecom ad

नन्दलाल आचार्य :

[सन्दर्भ- राष्ट्रिय झण्डा दिवस, पुस १ गते]

“बाजे, आज किन यो झण्डा अझै गर्वले नाचिरहेको छ ?” छेउकै ठूलो पोलमा फहराइरहेको हाम्रो गौरवशाली झण्डा हेरेरआँगनमा उभिएकी सानीले टाउको उठाएर भनी ।

आज त अरू दिनभन्दा फरक थियोे । ​चिसो पुस १ गतेको बिहानी थियो । सूर्य अझै क्षितिजमा लुकेको, तर हुस्सुको पातलो पर्दालाई चिर्दै शीतलता छरिरहेको थियो ।

न्यानो शाल ओढेका बाजे मुस्कुराए, “हो नानी, आज पुस १ गते, राष्ट्रिय झण्डा दिवस ! यो केवल कपडाको टुक्रा होइन, यो हाम्रो पहिचान हो, हाम्रो इतिहास हो, र हाम्रो भविष्यको नक्सा हो ।”

​बाजेले नजिकै बसेर झण्डाको त्रिकोण आकारतिर औंल्याए, ‘हेर त, यो दुई त्रिकोण ! यो विश्वमा अद्वितीय छ । यस माथिको चन्द्रमाले हाम्रो शान्ति र शीतलताको कामना गर्छ, जुन हामीभित्र अजर छ । र, तलको सूर्य ? त्यो वीरताको प्रतीक हो । नेपाली कहिल्यै झुकेनन्, त्यो तेज यसले बोकेको छ ।”

​सानीले उत्सुकतापूर्वक सोधी, “अनि रातो र नीलो रङ ?”

​”रातो, यो हिम्मतको रङ हो । वीर पुर्खाले बगाएको रगत, जसले देशको सिमाना बचाए । नीलो, यो शान्तिको रङ हो । बुद्धको भूमिबाट फैलिएको विश्वबन्धुत्वको सन्देश । यो झण्डाले हामी सबैलाई एउटै मालामा उनेको छ । पहाड, हिमाल, तराई, जाति र भाषाले फरक भए पनि हामी सबै एउटै नेपाली हौं भन्ने गौरव यसले सिकाउँछ ।”

​बाजेले सानीको काँधमा हात राखे; “हरेक पटक जब यो हावामा फहराउँछ, तब बुझ्नु, यो कुनै हल्ला होइन, यो स्वतन्त्रताको सङ्गीत हो । आज हामी त्यसैको सम्मान गर्छौं ।”

अन्ततः बाजे आशीर्वचन सहित थपे, ” तिमी पनि भोलिको यो देशकी उज्ज्वल तारा हौ, त्यसैले यो गौरवको त्रिकोणलाई कहिल्यै भुल्नु हुँदैन ।”

०००
२०८२ पुस १ गते ।
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x