साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौली गजल

सिध्याउन मलाई यहाँ, कतिले जाल बुने बरु, तिनकै कुटिल चालमा, जानीजानी परेर आएँ । कुरा के गर्नु स्वार्थीको, पुरानो त्यो कुरुप सोच, दुनियाँको मरेको त्यो, मनै आज मरेर आएँ ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

निराशाका पुराना ती, काला पाना नाश गरेर आएँ,
नयाँ ऊर्जा, नयाँ उत्साह, जीवनमा भरेर आएँ ।

बिर्सेर भुइँका कुरा, जो आकाशमा उडेका थिए,
घमण्ड तिनको आज म, फेरि फेदमा झरेर आएँ ।

अँध्यारो गुफाभित्र, लुकेर कति बस्नु सधैं यहाँ ?
म काँडा र हिलोको बाटो, सहजै पार तरेर आएँ ।

सधैं जसले समाजमा, डरको खेती मात्र गर्‍यो,
सामु उसकै दृढ भई, विना धक्कु डरेर आएँ ।

उदासी र रुवाबासी, कति बाँड्नु यो संसारमा,
जहाँ पुगेँ खुसी अनि, मुस्कान मात्र छरेर आएँ ।

सिध्याउन मलाई यहाँ, कतिले जाल बुने बरु,
तिनकै कुटिल चालमा, जानीजानी परेर आएँ ।

कुरा के गर्नु स्वार्थीको, पुरानो त्यो कुरुप सोच,
दुनियाँको मरेको त्यो, मनै आज मरेर आएँ ।

पन्छाउँदै दुःखका पहाड, उज्यालो क्षितिजतिर,
हिजोका सारा रोदन, क्लेश मनको हरेर आएँ ।

उन्मुक्त आकाशमा चरा झैं, पखेटा फिँजाएर फेरि,
देशको यो माटोमा, सुनौलो भविष्य चरेर आएँ ।

०००
२०८३ जेठ २ गते ।
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x